खोटाङ समाज हङकङद्वारा विपद कोषको स्थापना

535250_753878871413486_2603044774523801672_nएविसि खबर
काठमाडौं,१२ चैत । खोटाङ सेवा समाज हङकङले विपदमा परेकाहरुलाई सहयोग गर्ने उद्येश्यका साथ अक्षयकोष संचालन गर्ने भएको छ । “मेरो खोटाङ मेरो प्राण, एकताहो हाम्रो शान’ भन्ने मुल नाराका साथ अभियान स्थापित समाजको बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको जनाएको छ । जसमा प्राकृतिक बिपद अक्षय कोष निर्माणको दर्ता र संचालन प्रक्रियाको बारेमा कार्यविधि निर्माण गर्न समाजका सल्हाकार किन्दर राई राईलाइ जिम्मा दिएको छ ।

यसलाई खोटाङ जिल्लामा नै दर्ता गर्न समाजका पुर्ब अध्यक्ष भोगेन्द्र राईको (हाल खोटाङ मानै बस्नुहुने) अध्यक्षयतामा बढिमा १५ सदस्यीय समिति निर्माण गर्ने गरी जिम्मेवारी दिएको छ । हाल समाजको कोषमा २० लाख रुपैया ५ बर्षको लागि बचत भैसकेको छ । बाढि पहिरो, भूकम्प, आगोलागि, हावाहुरि आदिमापरि विपदमा परेकाहरुलाई सहयोग पु¥याउने उद्देश्यले कोषको संचालन गर्न लागिएको समाजले जनाएको छ ।

समाजले आगामी ०७३ सालको बैसाखमा ब्याजबाट प्राप्त रकमको ८० प्रतिशत रकम अर्थात २ लाख ७२ हजार सम्म प्राथमिकताको आधारमा बितरण गर्ने भएको छ । समाजले यस संस्था प्रति सम्पुर्ण खोटाङबासी दाजुभाई दिदि बहिनिहरुवा आबश्यकिय सहयोगका लागि अपिल समेत गरेको छ ।

Facebook Comments

Related posts

Leave a Comment