भागयले बाँचेकाले पुरस्कार पायो

bhagyaएविसि खबर
काठमाडौं, ११ चैत । वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ले भारतमा फेरि अर्को पुरस्कार जितेको छ । भारतको नासिक सहरमा भएको आठौँ नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स’ उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्र पुरस्कार जित्न सफल भएको हो । महोत्सवमा १ सय २५ वृत्तचित्र प्रतिस्पर्धामा थिए ।

भारतमा लगातार पुरस्कार जित्दा निकै खुसी मिलेको वृत्तचित्रका निर्देशक गणेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार सो वृत्तचित्रले जितेको यो पाँचौँ पुरस्कार हो । यसअघि काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा सो वृत्तचित्रले नेपाल पानोरोमामा उत्कृष्ट वृत्तचित्र सम्मान र नागरिक छनोट सम्मान पाएको थियो । भारतको नयाँदिल्लीमा फेब्रुअरीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भने उत्कृष्ट निर्णायक सम्मान जितेको थियो ।

नेपालको भूकम्पमा पर्दा मृत्युलाई जित्न सफल केही नेपालीको प्रतिनिधिमूलक घटनालाई समेटेर तयार पारिएको सो वृत्तचित्रको अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अङ्ग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोसाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

शारदा गैरेको निर्माण र कुमार शाहको सम्पादनमा बनेको सो वृत्तचित्रमा ऐतिहासिक धरोहर धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका नौ नेपालीको कथालाई उतारिएको छ

Facebook Comments

Related posts

Leave a Comment