छोरीले नै दिए दागबत्ति

dagbattiएविसि खबर
ललितपुर, १२ चैत । ललितपुर उपमहानगरपालिका ४ धोविघाटकी ज्योति बस्नेतले बाँचुन्ेजल आफ्ना ८० वर्षिय बाबुको स्याहार सुसारमात्रै गरीनन् उनको मृत्यु पश्चात उनलाई बिहीबार छोराले झैं दागवत्ति (मुखाग्नी) दिइन् । त्यतिमात्रै होइन हिन्दु परम्परा अनुसार बाबुको काजकिरीयामा समेत उनी आफ्नो श्रीमानको घर त्रिदेवीनगर, कोटेश्वरमा आफैं बसेकीछिन् । ज्योतिका ८० वर्षिय बाबु भिमबहादुर बस्नेतको बुधबार राती ११ बजे मिन भवन स्थित निजामति कर्मचारी अस्पतालमा उपचाररत निमोनिया र पार्किन्सन रोगको कारण निधन भएको थियो उनी १२ दिनदेखि सो अस्पतालमा उपचाररत थिए ।

आफ्नाबुबाको करोडौं रुपैयाको सम्पत्ति आफ्ना सहोदर ठुलो बाबुले जालसाजी गरि हड्पिए्र बाबुलाई बेघर गरिदिएपछि उनले विगतलामो समयदेखि आफ्नो बाबुको हेरचाह, रेखदेख र स्याहार सुसार आफैंले गर्दै आएकी थिइन् ।

पशुपतिनाथ स्थित बागमती किनारमा रहेको विद्युत्तिय शवदाह गृहमा ज्योतिले मृतक बुबालाई मुखाग्नी दिनुअघि हिन्दुधर्म परम्परा अनुसार एउटा छोराले गर्नुपर्ने सम्पूर्ण पक्रिया आफैं पुरा गरेकीथिइन् । उनले आफ्नाबाबुको सम्पत्ति हडपेर आजीवन दुखदिने सहोदर ठुलोबुबाका सन्तानलाई बुबाको मृत शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न पनि दिइनन् ।

छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौतिदिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीयागर्न मात्र जम्माहुने नेपाली समाजलाई चुनौति दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टि लगायतका सम्पूर्ण क्रियाकर्म आफैंले गरेको बताइन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment