लागुऔषध सहित अवैध सामग्री राख्ने पक्राउ

c936232c-7a2c-4b55-9ee8-c0d1b0c0e31cविवेक राई
भोजपुर १० चैत्र । लागु औषध सहित विभिन्न अवैध सामाग्रीहरु कारोबार गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुर प्रहरीले मंगलबार विहान भोजपुरको पुर्वी जरायोटार गाविस वडा नं २ बस्ने धनबहादुर राईलाई पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।
प्रहरीले राईसंग भएको ८० लाखमुल्य बराबरको सिमाला २ थान, एक थान मृगको छाला, मृगको सिङ एक थान सिङ सहितको टाउको एक थान, बाघको जस्तो देखीने छाला एक थान र ६ सय ग्राम गाँजा समेत सार्वजानिक गरेको छ । सोमबार विहान विशेष सुराकीको आधारमा प्रहरीले राईको घर र गोठमा खानतलासी गर्ने क्रममा गोठबाट अवैध सामाग्री भेटीएपछि राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
राईको घरमा ८० लाख बराबर मुल्य पर्ने सिमाला भेटीएपछि गोठमा खान्तसीगर्दा गाँजाको धुलो, लगायतका अन्य बन्यजन्तुको छालाहरु फेला परेको प्रहरी निरिक्षक पञ्चलाल गोलेले बताए । अभियुत्त राईले भने आफुलाई गाँजा र बन्यजन्तुको छाला सम्बन्धि केही थाहा नभएको बताएकाछन् । सिमाला पुरातात्विक बस्तु भएकोले यसबारे कानुन अध्यान गरी छानविन गरीने र हालकालागि राईलाई लागु औषध ओसार प्रसार सम्बन्धि मुद्दादर्ता गरी अनुसन्धान अगाडि बढाइने प्रहरी निरिक्षक गोलेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment