पदाधिकारीको मिलेमतोमा ६ रुपैया मै सल्लाको खोटो ?

salllaविवेक राई,
भोजपुर १० चैत । एक गिलास चियाको मुल्य १० देखि १५ रुपैंयाँ तिर्नुपर्छ । तर भोजपुरको विभिन्न सामुदायिकवनबाट संकलित सल्लाको बहुमुल्यखोटो उपभोक्ता समुहका पदाधिकारी र ठेकेदारको मिलेमतोमा प्रति केजी ६ रुपैंयाँ मै विक्री वितरण हुँदै आएको छ ।

भोजपुरको मानेभञ्ज्याङ, बैकुण्ठे, रानीबास, याकू, जरायोटार लगायत विभिन्न गाविसका सामुदायिकवनबाट वन उपभोक्ता समितिले हजारौं हेक्टर वन क्षेत्रमा सल्लाको खोटो संकलन गरी विक्री गर्दै आएका छन् । ठेकेदारले वनउपभोक्ता समुहका पदाधिकारीलाई प्रलोभनमापारी सामुदायिक वनमा सल्लाको बोटनै मासिने गरी संकलित खोटो सस्तो मुल्यमा विक्री गर्दै निकासी दिएको बुभिएको छ । जडिबुटीको रुपमा प्रयोग हुने बहुमुल्य वन पैदावर खोटो प्रतिकेजी ६ रुपैंयाँमै विक्री गरेको सामुदायिक वन उपभोक्ता समितिहरुले जनाएकाछन् । रोजीन तथा तर्पेन टाइन कम्पनी, ठेकदार, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, जिल्ला वन कार्यालयबीचको मिलेमतोमा यति सस्तोमा खोटो निकासी भएको उपभोक्ता समुहका सदस्यहरुले आरोव लगाएका छन् ।

khotoसमुदायको संरक्षणमा रहेको वन क्षेत्रको प्राकृतिक श्रोतको दुरुपयोग गर्दै सस्तो भाउमा खोटो विक्री गरेर उपभोक्तालाई घाटा पारेकोमा अधिकांस उपभोक्ताहरु असन्तुष्ट रहेकाछन् । मानेभञ्ज्याङ र बैकुन्ठे गाविसमा खोटो संकलनका लागि सुनसरीको तरहरा स्थित दुर्गा रोजीन एण्ड तर्पेन टाइनकम्पनीका ठेकेदार उद्धवथापाले भारतीय कामदार लगाएर लापार बाही रुपमा खोटो निकाल्दा सल्लाको रुख मासिन लागेको उपभोक्ताहरुले गुनासो गरेकाछन् । सामुदायिक वन उपभोक्ता समुहसित ठेकेदारले स्थानीय उपभोक्तालाई रोजगारी दिने सर्त विपरित ठेकेदार उद्धव थापाले भारतीय कामदार ल्याएको सामुदायिक वन उपभोक्ता गाउँ महासंघका अध्यक्ष हस्तबहादुर थापाले बताए । खोटो संकलनका लागि कम्पनी र जिल्ला वनकार्यालयले गाउँ–गाउँमा उपभोक्ता समुहको विधान संसोधन गर्न दवाव दिएपछि विधान संसोधन गरी पाँचबर्षका लागि दुर्गा रोजीन एण्ड तर्पेन टाइनकम्पनीलाई खोटो विक्री र निकासीदिने सम्झौताभएको थापाले बताए ।

खोटोको मुल्य सस्तो हुनुको कारणवन ऐन २०४९ मा प्रतिकेजी ६ रुपैंयाँ मात्र तोकिएकोले यो भन्दा बढीमुल्य दिन नसक्ने भनेपछि उपभोक्ताहरु सस्तोमा खोटो विक्रीगर्न बाध्यभएको बताएकाछन् । ‘एक गिलास चिया भन्दा कम मूल्यमा खोटो बेचिएको छ, समुदायलाई पूरै घाटाभयो,’ वन उपभोक्ता गाउँ महासंघ अध्यक्ष थापाले भने –‘उपभोक्ता समुहका पदाधिकारी दवावमा परेपछि सस्तोमा सम्झौतागर्न बाध्य भएकाछन् । मानेभञ्ज्याङ गाविसका ९ वटा र बैकुण्ठेका ८ वटा सामुदायिक वनबाट तीनबर्षदेखि खोटो संकलन गरी निकासीहुदै आएको छ । यसबाहेक अर्का झापाको दिव्यरोजीव एण्ड तर्पेनटाइन कम्पनीले याकू, जरायोटार र रानीबास लगायत विभिन्न गाविसको खोटो निकासीगर्दै आएको छ । यसबर्ष यी गाविसबाट १३ हजार टिनखोटो निकासीगर्न लागेको ठेकेदार उद्धव थापाले बताए । उनले पाँचबर्षकालागि सम्झौता अनुसार खोटो निकासी गर्दै आएको जनाए । तर ठेकेदारले खोटो संकलन गर्न लगाएको कामदारले सल्लाको जथाभावी बोक्रा निकालेर रुखै मासिने गरी लापारबाही गरेकोले नियन्त्रण गरी दक्ष प्राविधिक लगाउनुपर्ने उपभोक्ताले माग गरेकाछन् । जिल्ला वन कार्यालयले कानुनी प्रक्रिया मिलाइदिने भएपनि दक्ष प्राविधिक अभाव र अनुगमन कार्यमा सुस्तता देखाएकोले सामुदायिक वन मासिने अवस्था आएको उपभोक्ताहरुले गुनासो रहेको छ ।

Facebook Comments

Related posts

Leave a Comment