दुमिराईको महाधिवेशन बाक्सिलामा हुने

555396_10151827541234477_934756553_n (2)एविसि खबर
काठमाडौं, ९ चैत । दूमि करिात राई फन्सिक्किमको पाँचौ महाधिवेशन यही कातिक ६ र ७ गते हुने भएको छ । फन्सिक्किमको काठमाडौंमा बसेको केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति तोकेको हो । दुमि राईहरुको विशेष उदगम स्थल लाम्दिजा दुङकुलु (बाक्सिला) महाधिबेशन हुने आयोजक समितिका अध्यक्ष चतुरभक्त राईले जानकारी दिएका छ ।

महाधिवेशनको मिति तोकेसँगै फन्सिक्किमले महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । समितिले मुल व्यवस्थापन समितिको संयोजक चतुरभक्त राई, प्रतिनिधि व्यवस्थापन तथा संगठन सुदिृढिकरण उपसमिति संयोजक नेत्रमणी दुमी राइ र आर्थिक उपसमिति संयोजकमा तेजमाया राई र प्रचार उपसमितिमा भिम हलक्सुलाई जिम्मेवारी दिएको छ ।
यस्तै विभिन्न जिल्ला तथा गाउँमा रहेका दुमी बन्धुहरुसँग सहकार्य तथा सहभागिताको लागि बैठकले खोटाङको विभिन्न गाउँमा गएर संगठन गठन पुर्नगठन गर्ने जिम्मा संस्थाका सचिव समिर राईलाई दिएको छ ।

10312616_10206888616952019_2375922147367452520_nयस्तै महाधिवेशनमा देश तथा विदेशमा रहेका आम दुमिजनको उपस्थित गराउन सबैलाई अनुरोध गर्ने तथा फन्सिक्किमलाई हरतरहले सहयोग गर्ने महानुभावहरुलाई सम्मान तथा ताम्रपत्र वितरण गर्ने लगायतको कार्यक्रम समेत गर्ने निर्णय गरेको छ । यस्तै दुमि किरात राई फन्सिकिमले प्रकाशन गर्दै आएको आफ्नो वार्षिक मुखपत्र ‘इसिलिम’ प्रकाशनार्थ सम्पादकीय व्यवस्थापन गर्न भिम राई र तेजमाया राईलाई जिम्मा दिने गरेको छ ।

Facebook Comments

Related posts

Leave a Comment