होम्ताङका नविन भोजपुर आइडल

nabinविवेक राई
भोजपुर ८ चैत्र । भोजपुर आइडल गायन प्रतियोगीताको उपाधि होम्ताङका नविन राईले बाजी मारेकाछन् । कटुञ्जे युवा क्लव भोजपुरद्धरा आयोजीत शनिबार वेलुका सम्पन्न तेश्रो सिजनको भोजपुर आइडलको उपाधि नवीन ले बाजी मारेका हुन् ।

दुई सय जना प्रतिष्पर्दी ले भाग लिएको आइडलको विभिन्न चरण गर्दै फाइनल चरणमा ९ जना प्रतिष्प्रधिलाई नवीन ले पछि पारेका हुन् । स्थानिय सामुदायिक भवनमा सम्पन्न आइडलको फाइनल प्रतियोगीतामा गायक सङ्गितकार मनोज साङसोन, राकेश किराती , नेपाली तारा सिजन ३ का प्रथम रनर अफ देवेश राई को निर्णायक जुरी र एस एम एस भोटिङको आधारमा नवीनले अन्य प्रतिष्प्रधिलाई उछिनेका थिए ।

विजेता नवीन लाई पुर्वा सभासद सुदन किराती र गीतकार श्याम तमोट, ले सँयुत्त रुपमा ट्रफी प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल सङ्गित तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रषिकले रु १ लाखको चेक प्रदान गर्नु भएको थियो । तेस्तै विभिन्न विधामा उतकृष्ट ५ जनालाई समेत नगद रु १० हजारको साथमा प्रमाण पत्र वितरण गरीएको आयोजकले जनाएको छ । शनिबार बेलुका अवेर सम्म चलेको उत्त प्रतियोगीतामा निर्णायक मण्डालमा रहेका कलाकारहरु संगै चर्चीत गायीका मेलिना राई गायक हिरण राई लगायतको समेत प्रस्तुति रहेको थियो ।

Facebook Comments

Related posts

Leave a Comment