मनु मञ्जिलले पाए ‘जसराज किराती प्रतिभा पुरस्कार’( भिडियो सहित)

jasraj kiratiएबिसि खबर
काठमाडौं, ७ चैत । खोटांगे कवि जसराज किरात प्रतिभा पुरस्कार कोषले वेलायतले पुर्वका युवा कवि मनुमञ्जिललाई यसवर्षको कवि जसराज किराती प्रतिभा पुरस्कार प्रदान गरेको छ । पचास हजार रुपैँया राशी सहति कदर पत्र प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि वैरांगी काइलाले समकालिन कविताका सारथी मध्येका कवि जसराज किराती पुर्वको पहाडमा बसेर निरन्तर कलमी खेति चलाउने कवि भएपनि चर्चामा आउन नचाहाने कवि भएको बताए । उनले ०५०÷०५१ मा कवि जसराजको कविता खोजेर मनु मञ्जिलहरुले नै छापेको स्मरण गर्दै उनको नाममा स्थापित प्रतिभा पुरस्कारको पहिलोपटक उनले नै पाएकोमा हर्षित भएको पनि बताए ।

यस्तै कार्यक्रमका अर्का अतिथि शैलेन्द्र साकारले आफुहरु वरतीर परतीरको छिमेकी समकालिन कविभएको स्मरण गरेका छन् । उनले भने ‘म भोजपुरबाट लेख्न थाँले उनले खोटाङबाट लेख्न थाले त्यही बेला हाम्रो लेखनको दौडानमा भेट भएको हो ।’ जसराजको कविता सम्झदै उनले भने ओजपुर्ण शब्दशिल्पका धनी स्रष्ठा भएपनि राज्यको आँखा भने उनी माथी कहिले नपरेको उनको गुनासो रहेको थियो ।

यस्तै कार्यक्रममा मञ्जिलको सहपाठी तर प्रतिस्पर्धी कवि तथा प्राज्ञ श्रवण मुकारुङले घरी घरी आफुलाई रिसपनि उठ्ने गरेको भन्दै शत्रु त बलियो भएकै राम्रो भन्दै कुटनीतिक रुपमा प्रंशसा गरेका थिए । उनले मञ्जिको सिर्जनाले साहित्यको सेरोफेरोमा निकै ठुलो फन्को मारेको बताएका छन् । उनले कविको काव्यिक यात्राप्रति सफलताको शुभकामना समेत व्यक्त गरेका छन् । यस्तै कार्यक्रममा कवि जसराज किरातीले आफुलाई सपना कि विपना, हर्ष कि विस्मात केही थाहा नभएको भन्दै आफ्नो भतिज तथा युवा कवि रक्ष राईहरुको सक्रियतामा आफ्नै नाममा पुरस्कार स्थापना हुन ऐतिहासिका कार्य भएको बताएका छन् । उनले भने,‘ शैलेन्द्र शाकारहरुले आफ्नो सपना आफै शाकार पारेको भएपनि आफ्नो सपना भने रक्षहरुले साकार पारिदिएका छन् ।’ उनले आफुलाई एतिहासिक रुपमा चिनाइराख्न यो कामले नमुनको काम गरेको विचार व्यक्त गरे ।

यस्तै कार्यक्रमका पुरस्कृति व्यक्ति मनु मञ्जिलले भने आफुलाई पुरस्कार पाएपछि गर्वहुनु स्वाभाविक भएको भन्दै चुनौति पनि सँगै रहेकोमा आफु अलमलमा परेको बताए । यद्यपी उनले सोच्ने समय अझै रहेको भन्दै सकेसम्म यो सम्मान तथा पुरस्कारको सम्मान गर्दै अझ इमान्दारीता पुर्वक अगाडि बढ्ने बताए । उनले आफुलाई सबै कविहरुले फरक शैलिको कविता लेख्ने गरेको भन्ने कुरा आफुलाई खास नलाग्ने भन्दै कविताको परिक्षण गर्न आफ्नै तरिका रहेको समेत बताए । उनले भने , ‘जुन कविता लेख्दै जाँदा मेरो टाउको दुख्न थाल्छ त्यो कविता फालिदिन्छु तर जुन कविता लेखी सक्दा टाउको आराम हुन्छ त्यो कविता म राख्छु ।’

पुरस्कार वितरण कार्यक्रमको व्यवस्थापन गरेको रावासावा प्राज्ञिक समाजका अध्यक्ष शान्तिराम राईको अध्यक्षता तथा उपाध्याक्ष टिका चाम्लिङको संचालनमा सकिएको थियो ।

Facebook Comments

सम्बन्धित

One thought on “मनु मञ्जिलले पाए ‘जसराज किराती प्रतिभा पुरस्कार’( भिडियो सहित)

  1. Tabk alemagar

    हो सधै यस्तै भई रहोस साहित्य खेतबारिमा

Leave a Comment