रौतहटले जित्यो फुटबल

rautahatएविसि खबर
नवलपरासी, ७ चैत । नवलपरासीमा सञ्चालित एएफसी यु–१४ छात्रा (१४ वर्षमुनिका महिला)को राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रौतहटले जितेको छ । शनिबार भएको फाइनलमा रौतहटले बाँकेलाई ६–० गोलले पराजित गर्र्दै उपाधि जितेको हो ।

रौतहटको जितमा २० औँ मिनेटमा रश्मी कुमारी, मेनुका आले मगरको २८औँ र ६५औँ, सुमित्रा सिंह पाखीले ५३ औँ, सीता कुशवारले ६५ औँ र ७७ औँ मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित गरेकी थिइन् । बाँकेका तर्फबाट कुनै गोल हुन सकेन ।

फुटबल विजेता बन्दै रौटहटले ५० हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बाँकले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । गत फागुन २७ गतेदेखि जारी प्रतियोगितामा मुलुकभरका १२ टोलीको सहभागिता थियो ।

Facebook Comments

Related posts

Leave a Comment