करेन्ट लागेर ठाउँका ठाउँ मृत्यु

curentएबिसि खबर
सिन्धुपाल्चोक, ७ चैत । सिन्धुपाल्चोकको हगाममा एक्कासी हाइभोल्टको विद्यत् प्रवाहा हुँदा एकजनाको ठाउँका ठाउँ मृत्यु भएको छ । आइतबार राति विद्युत्को स्विच अन गर्दा एक्कासी लागेको करन्टले उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा परि अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा–९ पेप्टा निवासी ४८ वर्षीय सोमलाल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय जलविरेका इन्चार्ज प्रहरी नायब निरीक्षक दर्जा तामाङका अनुसार घाइते हुनेमा मृतककी श्रीमती ४४ वर्षीया देशमायाँ तामाङ, वडा–८ का ३५ वर्षीया सुन्दरी तामाङ, १५ वर्षीया मीना तामाङ र १५ वर्षीया सञ्चलक्ष्मी तामाङ रहेका छन् ।

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र जलविरेमा उपचार पछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल रेफर गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण विगत पाँच वर्षको अवधिमा उच्च विद्युत् प्रवाहबाट जिल्लामा करिब दुई दर्जन व्यक्तिले अकालमा ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment