लागुऔषध गाँजासहित तीन पक्राउ

gajaएबिसि खबर
लहान, ७ चैत । सिरहाको भगवानपुरमा सुरक्षाकर्मीको संयुक्त गस्तीटोलीले आइतबार राति लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागुऔषध गाँजासहित सिरहाको नरहारीगोल– ९ निवासी ५० वर्षीय घुरन पासवान, सिरहाको भगवानपुर– ३ निवासी ४५ वर्षीय जोखन मण्डल र भारतको खररीयाथाना निवासी ४५ वर्षीय अमिर यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट प्याकिङ गरेको अवस्थामा अन्दाजी पाँच किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment