पूर्वाञ्चल प्रहरीको जागिर खान भिड

20150510nepal-police-install-missing-person-desk-600x0एबिसि खबर
मोरङ, ७ चैत । नेपाल सरकारको प्रहरी पदमा भर्ना हुन पूर्वाञ्चलबाट मात्र ६ हजार युवायुवतीले आवेदन दिएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र भर्ना छनोट शाखाका प्रहरी निरीक्षक देवीप्रसाद बरालका अनुसार पूर्वाञ्चलका १६ जिल्लाबाट चार हजार ७०३ जना पुरुष ९९७ जना महिला गरी पाँच हजार ७०० जनाले प्रहरीमा भर्ना हुन आवेदन बुझाएका हुन् ।

प्रहरी प्रधान कार्यलयले नेपालका पाँचवटा तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयमा गएको माग २४ गतेदेखि फागुन ३० गतेसम्म प्रहरी पदको आवेदन फारम दिन सक्नेगरी पाँच हजार चार ४४४ जना प्रहरी पदको भर्ना खोलेको थियो । छनोट शाखाका प्रहरी निरीक्षक बरालकाअनुसार जिल्ला प्रहरी कार्यालय झापामा तीनसय ४, इलाममा तीनसय ६, पाँचथरमा १६१, ताप्लेजुङमा १३१, मोरङमा १२१, सुनसरीमा २१०, धनकुटामा २३४, भोजपुरमा १३१, तेह्थुममा १०२ , सप्तरीमा पाँचसय ६८, सिरहामा २९५ ,उदयपुरमा ४९५, खोटाङमा २१२, सोलुखुम्बुमा ६३, ओखलढुङ्गामा २४० जनाले आवेदन दिएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment