एघार लाखको जग्गा उमाविलाई

एबिसि खबर
म्याग्दी, ७ चैत । म्याग्दीको मुक्तिमार्ग उमाविलाई स्थानीय खड्का परिवारले एघार लाख रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क दान गरेका छन् । स्थानीय घार गाविस–५का देवबहादुर खड्का (नारायण)ले उमाविलाई तीन रोपनी जग्गा निःशुल्क दिएका हुन् ।

गत माघमा स्थानीय कृष्णबहादुर खड्काबाट खरिद गरेको उक्त जग्गा नारायण र उनका बुवा टीकाबहादुरले यसै हप्ता विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

ग्रामीण क्षेत्रको शैक्षिक विकासमा टेवा मिलोस् भनेर आफूहरूले जग्गा सहयोग गरेको जग्गादाता खड्काले बताए । खड्का परिवारले उपलब्ध गराएको जग्गामा उमाविको आठकोठे भवन निर्माण सुरु गरिएको स्थानीय अगुवा कृष्णबहादुर बरुवालले जानकारी दिए ।

Facebook Comments

Related posts

Leave a Comment