चिया कम्पनी र व्यवसायीबीच सहमति

mini ilam photo shootएबिसि खबर
सिन्धुपाल्चोक, ६ चैत । सिन्धुपाल्चोकको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद समाधान भएको छ । भोटेचौर–७ मा रहेका एभरेष्ट चिया कम्पनीले प्राङगारिक चिया उत्पादन भन्दै आफ्नो कमानमा प्रवेश निषेध गरेपछि विवाद आएको थियो ।

बीस वर्षदेखि सञ्चालनमा रहेको सो चिया कम्पनीले प्राङ्गारिक चिया उत्पादन गर्ने भन्दै छ महिना अघिदेखि होटल व्यवयासी र पर्यटकलाई चिया कमानमा छिर्न नदिएपछि पर्यटनको आवागमन घटेको थियो । इलाका प्रहरी कार्यालय मेलम्चीमा शुक्रबार चिया कम्पनी व्यवस्थापक, होटल व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिबीचको छलफलपछि बगान प्रवेशमा कुनै रोकतोक नगर्ने सहमति भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताए । यद्यपि, बगान प्रवेश गर्नेले सार्वजनिक बाटो प्रयोग गर्न पाउने भए पनि बगानभित्र घुमफिर गर्न भने नपाउने भएका छन् ।

त्यस्तै होटल व्यवसायीले पनि दुई पाङ्ग्रे सवारी साधन लिएर आफ्नो होटलसम्म निर्वाध रूपमा आवातजावत गर्न सक्नेछन् । चिया कम्पनीले बगान प्रवेशमा रोक लगाएपछि होटल व्यवसायी आक्रोशित हुँदै आएका थिए । नेपालको ‘मिनी इलाम’ भनेर चिनिने सो चिया बगान राजधानीबाट करिब ३० किमीको दूरीमा रहेको छ । चिया कम्पनी र होटल व्यवसायीबीचको विवादका कारण आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको थियो ।

Facebook Comments

Related posts

Leave a Comment