सचित राईको ‘माङखिम’ विमोचन

sachit bimochan
एविसि खबर
काठमाडौं, ६ चैत । लामो समयदेखि निरन्तर पत्रकारितमा कलम चलाई रहेका कवि तथा संचारकर्मी सचित राईको एतिहासिक पुस्तक ‘माङखिम’को शनिबार विमोचन भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले पुस्तकको विमोचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वैराँगी काइलाले कृतिमाथी बोल्दै साहित्यलाई माध्याम बनाएर आफ्नो थातथलो बारेमा महिमा गान गाउने खालको पुस्तक आएको बताएका छन् । उनले यो पुस्तकले पुर्वमा जन्मेका विशिष्ट प्रतिभाहरुको बारेमा सबैलाई सार्वजानीक जानकारी दिलाउन सकेको भन्दै भविष्यमा मुलुकलाई आर्थिक सम्वृद्वि तर्फ लैजान सक्ने उपाय समेत यो पुस्तकले सुझाएको बताए । उनले भने,‘यो कृति सचित राईले आँट गरे लेखेका छन् । यस्तो कृति तयार गर्न जोकोही लेखकले आँट गर्दैनन् नकी मैले पनि आँट गरिन ।’
यस्तै कार्यक्रममका अर्का वक्ता राष्ट्रगानका सर्जक कवि तथा लेखक व्याकुल माइलाले यो कृति कवि सचितको एक अध्याय रहेको बताएका छन् । उनले भने,‘ पुस्तकमा लेखकले आफ्नो अनुभवमात्र नभएर निकै मेहिनतका साथ अध्ययन तथा अन्वेषन समेत गरेका छन् । त्यसैले यो कृति सरल, सहज र स्तरीय रहेको छ ।’

कायक्रममा राष्ट्रगान सर्जक व्याकुल माइला, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङ, समालोचक तथा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्वप्रमुख धरणीप्रसाद गौतम, सांसद एवं रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई, एकलाइने कविताका प्रवर्तक डम्बर पहाडी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाली वाङमय प्रतिष्ठानले आयोजना गरेको थियो । पुस्तक प्रकाशन संयोजन इलाम समाज हङकङले गरेको थियो । सचितको यो पुस्तकमा १६ वटा आलेख समेटिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment