उत्कृष्ट कृषकलाई पुरस्कार

एविसि खबर
भक्तपुर, ५ चैत । ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ अनन्तलिङ्गेश्वर नगरपालिकाका दधिकोटका कृषक रमेश खड्का, नगरकोट नगरपालिका ताथलीका भानुभक्त पराजुली र नगरकोटका धर्मराज थिङलाई प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले आज आयोजना गरेको कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले उनीहरूलाई पुरस्कार प्रदान गरेका छन् । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।

सो अवसरमा उनले कृषिमा देशलाई आत्मानिर्भर बनाउनसके जस्तोसुकै समस्यासँग सामना गर्न सकिने बताए । उनले सूर्यविनायकमा सञ्चालनमा आएको रासायनिक विषादीरहित उत्पादन एवम् बिक्री केन्द्रको उद्घाटनसमेत गरेका छन् । केन्द्रलाई हाल मासिक पाँच हजार खोटाङ जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्ने र आगामी दिनमा यसलाई जिल्लाकै नमुना र ठूलो रासायनिक विषादीरहित उत्पादन एवम् बिक्री केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको कार्यालयका प्रमुख पूर्णा ढुंगानाले बताए ।

Facebook Comments

Related posts

Leave a Comment