गजल

अरुणिमा, कविता

dsdss

…एकु घिमिरे

खुट्टा बाँधेर भाग भन्छन्
जरा उखेल्छन् अनि जाग भन्छन्

आफ्नो पिप्सो पिलो हुन्छ !
अरुको घाउलाई दाग भन्छन् ।

लोकतन्त्रमा बहुमतको कदर
कोइलीलाई काग भन्छन्

सरगम बजायो कान थुन्छन्
मत्थुको हल्लालाई राग भन्छन्

यात्रीको यात्रामा तगारो हालेर
पूरागर्न हाम्रो माग भन्छन्

Facebook Comments

Leave a Reply