लघुकथा : ‘दीक्षा’

magae–टंकबहादुर आलेमगर

एकदिन गुरूले दीक्षा दिनु भयो म सहित अन्य तीन शिष्यलाई । गुरूले तिनोटा विकल्प दिनु भो जो ऐच्छिक दीक्षामा चिह्न लगाउनु थियो । प्रथम दीक्षा : सत्यमा बस्न पर्ने । तामसी भोजन वर्जित । परात्मामा लीन रहने । यसोगरे मरे पछि पश्चात फल पाइने ।

दोस्रो दीक्षा : माछा मासु र मादक पदार्थ सेवन गर्न नहुने । एउटालाई सुराएर अर्कोलाई तुर्न हुने । आफ्नो भलोको लागि अर्काको गोप्य रुपले कुभलो गर्दा हुने । यसो गर्दा आफु जिउँदै छँदा फल पाइने ।

अन्तिम दीक्षा : जे मन लाग्छ खाने, जे मन लाग्छ गर्ने । यसो गर्दा तुरुन्तै हाताहाती फल पाइने ।

मलाई अन्तिम दीक्षाले मन छोयो । यो हतारको जमाना । पछिको कुरो के हो के हो । अन्तिमकैमा ठोक्दिएँ चिन्ह !

अन्तमा परिणाम आयो

प्रथम दीक्षा, शून्य प्रतिशत !

दोस्रो दीक्षा, चौथाइ प्रतिशत !

अन्तिम दीक्षा, पचहत्तर प्रतिशत !

म खुशी भएँ मेरो दीक्षाले बहूमत ल्याएकोमा । खुशी मनाउन बारतिर छिरेँ साथीसंग । सेकुवा र भर्जिन लगाइयो टन्न । झट्ट ताकत पो आयो ! अनि लगाइदिए एउटालाइ झप्पु ! बिहान होस खोलेर हेर्दा त साँगुरो छिँडिमा पो ! बल्ल चेतना भो, अन्तिम दिक्षाको फल !

 

Facebook Comments

Related posts

Leave a Comment