उत्कृष्ट कृतिलाई पुस्कार

अरुणिमा, समाचार

bhogen+Akleखोटाङ । टेम्के तुवाचुङ प्रतिष्ठानले खोटाङ जिल्लाक सर्जकहरुले तयार पारेको कृतिहरुको संकलन गरि उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेकोछ । प्रतिष्ठानको बिहिबार बसेको बैठकले सबै कृतिहरु संकलन गरेर उत्कृष्ट कृतिलाई ११ हजार एक सय ११ रुपैयाँको राशीको पुरस्कार प्रदान गर्ने निणय गरेको छ ।

भर्खरै स्थापना भएको प्रतिष्ठानले आफ्नो स्थापनाको उदेश्य तथा लक्ष्यकाबारेमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रतिस्ठानका अध्यक्ष भोगेन्द्र राई (भोगेन एक्ले) संस्थाले खोटाङगे प्रतिभाको कदर गर्न पहिलो पल्ट यो पुरस्कारको व्यवस्था गर्न लागेको जनाएका छन् ।

Facebook Comments

Leave a Reply