अख्तियारद्वारा लगानीकर्तासँग सम्पूर्ण जानकारी माग

Akhtiyar-Durupayog-anusandhan-aayogएविसि खबर
काठमाडौं, ३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका जलविद्युत आयोजनाका लगानीकर्ताहरुलाई आयोजनाका लगानीकर्ताको सेयरसहितको सम्पूर्ण जानकारी माग गर्दै पत्र पठाएको छ ।

निजी क्षेत्रद्वारा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माण हुन लागेका सबै अर्थात २ सय २६ जलविद्युत् आयोजनाका लगानीकर्ताको सयरसहितको जानकारी माग गर्दै अख्तियारले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरुलाई पत्र पठाएको हो । सम्पूर्ण जानकारीको माग पत्र पठाएपछि नीजि प्रवर्धक त्रसित बनेको आजको संचारमाध्यमले छापेको छ ।

विगतमा अख्तियारले विद्युत विकास विभागमार्फत व्यक्तिगत रुपमा पत्र पठाउने गरेको थियो । पछिल्लोपटक अख्तियारले निजी क्षेत्रका सबै जलविद्युत प्रवर्धकहरुको लगानीबारे जानकारी माग गरेको छ ।

विद्युत विकास विभागले समेत नीजी क्षेत्रका प्रवर्द्धकसँग अख्तियारले जलविद्युत् आयोजनाको लागत र सेयरबारे जानकारी मागेकाले छिटो उपलव्ध गराउन भनेपछि उनीहरु थप त्रसित बनेका छन् ।

Facebook Comments

Related posts

Leave a Comment