मेलम्चीको सुरुङ खन्न अझै १३ किमी बाँकी

Melamchi-21एविसि खबर
काठमाडौं, ३ चैत । सरकारको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङ खन्ने काम अझै १३ किमी अझै सकिएको छैन ।

आयोजनाको मुख्य काम २७ किमी सुरुङ निर्माणमध्ये २ चैतसम्म १४.८ किमीमात्र सम्पन्न भएपछि नयाँ वर्षसँगै मेलम्चीको पानी पिउने राजधानीबासीको चाहना पूरा नहुने भएको आजको संचारमाध्यमहरुले छापेको छ । वैशाख १ देखि राजधानीको धारामा मेलम्चीको पानी ल्याउने सरकारी योजना रहेको थियो ।

सरकारी योजनाअनुसार यतिबेलासम्म सुरुङ निर्माणका सबै काम सम्पन्न भई हस्तान्तरण भइसक्नुपर्ने हो । मेलम्चीको २७ मध्ये २१ किमी सुरुङ ३० महिनाभित्र सक्ने प्रवितद्धतासहित ०७० साउनमा इटालियनको अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी र भारतीय कम्पनी दि–राभेनाको संयुक्त उपक्रमले ७ अर्ब ७० करोधड रुपैयाँमा ठेक्का सकारेका थिए ।

ठेकेदारले ठेक्का लिँदा दैनिक ३५ देखि ४० मिटर सुरुङ खनेर भदौमा काम सक्ने कार्यतालिका सरकारलाई बुझाएका थिए ।
सरकारले सोही कार्यतालिका अनुसार ०७३ वैशाखमा मेलम्चीको पानी राजधानीमा वितरण गर्ने योजना सार्वजनिक गरेको थियो ।

Facebook Comments

Related posts

Leave a Comment