सर्वोच्चकालागि न्यायाधीशको फेरि सिफारिस

sarbochha adalatएबीसी खबर
काठमाडौं, ३ चैत । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि पुरानै ११ जनाको नाममा संसदीय सुनुवाइ फेरी पत्र पठाएको छ । २ चैतमा फेरि संसद् सचिवालयमा पत्र पठाएको हो । सभामुख ओनसरी घर्तीमगरले फेरि सिफारिस आए प्रक्रिया अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिएपछि न्याय परिषद्ले फेरि पत्र पठाएको हो ।

सभामुखको कदमले सत्ता गठबन्धन भित्रै तीव्र विवाद चुलिएपछि बीचको बाटो अपनाउँदै परिषद्ले फेरि सिफारिस गर्ने र त्यसलाई प्रक्रियामा लैजाने सहमति सरकार र सभामुखबीच भएको थियो ।

संसद्का सचिव मुकुन्द शर्माका अनुसार न्याय परिषद्को पत्र प्राप्त भएको, संसद्को नियमावली बनिनसकेको छ तर सुनुवाई समिति गठन भइनसकेको भन्दै यसअघिको परिषद पत्र सभामुख घर्तीमगरले फिर्ता गरेकी थिइन् । आजको संचारमाध्यमहरुले खबर छापेको छ ।

Facebook Comments

Related posts

Leave a Comment