यूवानेताहरुको अभिनयमा म्युजिक भिडियो

netभीम हलक्सु

काठमाडौं, २ चैत । सोसल ईन्जिनियरिङ् स्कुलले संञ्चालन गरेको ‘समय हाम्रो अधिकार’ भन्ने राष्ट्रिय अभियान अन्तर्गत बन्न लागेको म्युजिक भिडियोमा युवा नेतृत्वको सहभागिता रहेको छ । सबैभन्दा ठूलो पार्टि नेपाली काग्रेसका युवा नेता प्रदिप पौडेल, नेपाल कम्यूनिष्ट पार्टि एमालेकी युवा नेतृ रचना खडका र एमाओबादि पार्टिकी युवा नेतृ तथा भुपु सांसद लक्की सेर्पाले समेत उक्त म्युजिक भिडियोको लागि अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छायाकंन सकिएको छ भने एक हप्ता भित्रमा सम्पुर्ण काम सकिएर रिलिजको लागि तयार हुने कुराको जानकारी स्कूलका सदस्य अधिवक्ता कृष्ण बहादुर खनालले दिए । उक्त म्युजिक भिडियो व्यापारिक उद्देश्यको लागि नभएर सामाजिक जागरणको लागि गरिएको हो । म्युजिक भिडियो सुटिङ्गको क्रममा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीका युवा नेतृत्व, कलाकार, डाक्टर, ईन्जिनियर, पत्रकार, पाईलट, शिक्षक, वकिल, प्राध्यापक सहित धेरैजसो पेसाकर्मि, व्याबसायी र बिभिन्न बिद्याका बिधार्थीहरुको उल्लेख्य सहभागीताले निकै उत्साह थपेको संस्थाका सदस्य आकृति खनालले बताइन । संस्थाका कोषाध्यक्ष प्रमोद कुमार थापा भन्छन् ‘समय हाम्रो आयु हो, आयु नै जिवन हो, जिवन नै अधिकार हो’। यस्तो महत्वपुर्ण बिषयबस्तुलाई नेपालजस्ता बिकासोन्मुख देशले बेवास्ता गर्दा हामी हाम्रो संबृद्धिबाट बन्चित हुदै गएका छौ । हाम्रो प्रगती पनि दिन प्रतिदिन खुम्चीदै गएको छ । स्कूल र कलेजले समयलाई अधिकार हो भनेर पढाइदिने हो भने लाखौं लाख विद्यार्थीको भविष्य सुरक्षित हुनेछ । विदेशमा पढ्न जानेले पढाइसकेर घर फर्कने टिकट पनि अग्रिम बुक गर्न सक्ने तर आप्mनै देशका विद्यार्थीको दुइ बर्षको पाठ्यक्रम चार बर्षमा पनि नसकिने । यस्तो परिपाटि कायम रहने हो भने हामीले नेपाललाई विकसित बनाउन सक्दैनौ, परनिरर्भरता अझ बढेर जानेछ । त्यसैले समयलाई अधिकारको रुपमा स्थापित गर्दै समयको सदुपयोगबाट समृद्ध नेपाल निर्माण गर्नको लागि नेपालका हरेक विश्वविद्यालय, राजनीतिक दल, नेपाल बार एशोसिएशन जस्ता संस्थाले समयलाई अधिकारको रुपमा सम्बोधन गर्नै पर्दछ । समयको महत्व बुझेर नै यो राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वको विषयलाइ अभियानको रुपमा सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष ढकालको भनाई छ ।

गीतको रचनाकार सोसल ईन्जिनियरिङ्ग स्कुलका अध्यक्ष कपिल देव ढकाल हुन भने गायन काठमाण्डौं स्कुल अफ लका प्राध्यापक तथा अधिवक्ता बिश्वमणि पोख्रेल र सुमिना लो तामाङ्को रहेको छ । यस गीतमा संगीत बरिष्ट संगीतकार दिपक शर्माले दिएका छन् । म्यूजिक भिडियोकोे निर्देशन बसन्त सापकोटाले र छायाकंन उत्सव दाहालले गरेका छन् । अभिनयमा युवा नेतृत्व प्रदिप पौडेल, रचना खडका, लक्की सेर्पा, यति एयर लाईन्सका पाईलटहरु प्रमोद राज पौडेल, शिव प्रसाद पौडेल, एयर होस्टेस रचना सुनुवार, पत्रकार स्वागत नेपाल, प्रदिप बस्नेत, घनश्याम खडका, चिकित्सक डा दामोदर पौडेल लगायत पेशा कर्मीहरुका साथमा कलाकारहरु शुरेस घिमिरे, रञ्जु सुनाम, रेखा घिमिरे, आरुष गुरुङले गरेका छन् । सबैको सरोकारको विषय भएकाले आफनो ठाउँबाट सहयोग गर्न पाउँदा खुशि लागेको छायाँकनमा सहभागिहरुले बताए । म्युजिक भिडियोमा बिकसित देशले समयलाई अत्यन्त महत्व दिएकोले संबृद्धि संभव भएको उल्लेख छ । नेपालमा समयलाई अभियानको रुपमा लिएर हरेक काम समयमै हुने वातावरण बनाउन सकेमा कुनै कुरा पनि अंसभव हुदैन ।

nnn

सोसल ईन्जिनियरिङ्ग स्कुल नेपाल एक अनौपचारिक संस्था हो । कानूनका विद्यार्थीहरुको क्रियाशिलतामा सञ्चालित यस स्कूलले कानूनमा सुधार गर्नु पर्ने बिभिन्न विषयहरुमा आफनो दृष्टिकोण राख्दै आएको छ । यस स्कूलले राष्ट्रिय जागरणका अतिरिक्त सामाजिक परिवर्तनका लागि नेपाल बारको भुमिका लगायतका विषयमा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै जाने संस्थाका उपाध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment