विल बमोजिम आन्दोलनका घाइतेको उपचार

एविसि खबर

काठमाडौं, २ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिएका छन् ।

सो काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिने मन्त्रीपरिषदले निर्णय गरेको छ ।

यसैगरी सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ । त्यसैगरी झापा जिल्लाको दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।

त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सहसचिव कुमार कोइरालासहित २२ सहसचिवको सरुवा पनि गरेको छ ।

Facebook Comments

Related posts

Leave a Comment