एक साताकालागि प्रम ओली चीन जाने

KP-Sharma-Oli-Nepal-Prime-Ministerएबिसि खबर

काठमाडौ, २ चैत । चिनिया समकक्षी प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली साता लामो भ्रमणमा चिन जान लागेका छन । आगामी ७ चैत देखिे देखि १४ सम्म हुने भ्रमणमा प्रधानमन्त्रीसगँ चिन जाने टोली निकै ठुलै रहेको छ ।
मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि दोस्रो विदेश भ्रमणरहेको चिन भ्रमणका क्रममा उनले आफ्ना समकक्षी नेता तथा चिनिया सरकारसँग आपसीको हितका बारेमा छलफल चलाउने भएका छन् । भ्रमणकै क्रममा केही महत्वपुर्ण सम्झौताहरु समेत हुन सक्ने संकेत चिनिया तथा नेपाली भ्रमण टोलीले दिएका छन् ।

प्रधानमन्त्रीले ठिक एक महिना अगाडि भारतको साता व्यापी भ्रमण गरेका थिए ।

त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवद्र्धन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’(सार्क युवा बडापत्र) स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले बताएका छन् । त्यसैगरी १८ औंँ सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र बमोजिम नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment