कोरियाबाट आयो कामदारको लागि श्रम सम्झौता

korieaएविसि खबर
काठमाडौं, १ चैत । दक्षिण कोरियाले सन् २०१६ को पहिलो लटका लागि कोरियन भाषा परिक्षामा उतिर्ण गरेका २७ सय कामदारको लागि श्रम सम्झौता पठाएको छ । फागुनको पहिलो हप्तादेखि नेपाली कामदारको छनोट सुरु गरेको कोरियाले एक महिनाको बीचमा २७ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो ।

कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फकका कामदार छान्ने क्रम तीब्र पारेको हो । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको इपीएस कोरिया शाखाका निर्देशक डिल्लाराम बास्तोलाले जानकारी दिएका छन् । जनवरी यता झण्डै ४ सय चार जना नेपाली कोरिया गइसकेका छन् । कोरियाले अब आगामी जुन महिनामा अर्को चरणको छनोट सुरु गर्नेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् । कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हन्छन् । उनीहले परीक्षा पास भएकामध्येबाट आफुलाई आवश्यक पर्ने कामदार भाषा छान्न पाउँछन् ।

सन् २०१६ को लागि भएको भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका थिए । उत्पादन मुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालनतर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका थिए । सन् २०१७ को लागी आगामी बैशाखमा अनलाइन आवेदन बुझ्ने र असारको पहिलो हप्ता परीक्षा गर्ने तयारी गरिएको छ । यसअघि भदौमा परीक्षा गर्ने भनिएपनि कोरियाले असरको पहिलो हप्ता नै गर्ने गरी प्रस्ताव गरेको छ ।

Facebook Comments

Related posts

Leave a Comment