पुर्व सभामुखको चुल्हो निम्तो

subash-nembangएविसि खबर
इलाम, ३० फागुन । एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले एमालेको सबै जिल्ला अध्यक्षहरुलाई इलाम घुम्न चल्हो निम्तो दिएका छन् । आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु जरूरी रहेको बताउँदै उनले आफ्नो गृहजिल्ला घुम्न आउन निम्ता गरेका हुन् ।

एमालेको मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवद्र्धन अभियानलाई इलाम सदरमुकाममा सम्बोधन गर्दै उनले अहिलेसम्म देशमा आर्थिक विकास हुन सकेको थिएन, अब पर्यटनको क्षेत्रबाट आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । इलाम पर्यटकीय सम्भावना भएको जिल्ला भएकाले पर्यटनको विकासमा जोड दिनुपर्ने र यहाँ जस्तै धेरै जिल्लामा पर्यटनको सम्भावना रहेको बताए । उनले भने,‘तपाईंहरूले इलाम घुम्नुभएको छ ? छैन भने तपार्इंको आधा जीवन निरर्थक हुनेछ भनेर सोध्ने गरेको छु ।’ उनले ७५ वटै जिल्लाका नेकपा एमालेका अध्यक्षलाई लक्षित गर्दै भने,‘इलाम पुग्नुभएको छैन भने एकपटक आउनुहोस्, तपाईंहरूलाई चुल्है निम्तो छ ।

Facebook Comments

Related posts

Leave a Comment