स्वाभिमानका लागि अभियान

एविसि खबर
काठमाडौं, १ चैत्र । मानव अधिकार तथा शान्ति समाजले स्वभिमानका लागि देश व्यापी अभियान संचालन गर्ने भएको छ । देशमा विद्यमान समस्याबारे जनतालाई सुसूचित गर्न अभियान थाल्ने भएको हो ।

समाजले ‘शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान’ भन्ने मूलनारासहित आगामी चैत ६ गतेदेखि नै स्वाभिमान अभियान प्रारम्भ गर्न लागेको हो । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाबारे विभिन्न जिल्लामा समाजले जनजागरणसभा र कार्यक्रम गर्ने समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिए । उनले भने,‘अभियानको पहिलो जागरण सभा चैत ६ गते शनिबार विराटनगरमा हुनेछ भने चैत ८ गते झापाको धुलाबारीमा, ११ गते पाँचथरमा र अन्य पूर्वाञ्चलका जिल्लामा पनि जागरणसभा आयोजना गरिनेछ ।’

अभियानमा मुख्यवक्ताका रुपमा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी रहने र राजनीतिक क्षेत्र र नागरिक समाजका प्रतिनिधिको मन्तव्यका साथै कवितासमेत प्रस्तुति हुने बताइएको छ । पूर्वाञ्चलबाट प्रारम्भ भई विभिन्न चरणमा देशका ६० जिल्लामा जागरणसभा आयोजना गर्ने लक्ष्य राखेको समाजले अवधारणापत्र समेत प्रकाशित गरेको छ ।

शान्तिको सुनिश्चितता, अहिंसाको प्राधान्यता, अधिकारको सुदृढता, लोकतान्त्रिक मूल्यको व्यापकता र विविधतालाई उत्सवका रुपमा ग्रहण गर्ने संस्कारको विकासले नै राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउने भएकाले अभियान गर्न लागिएको महासचिव पुडासैनीले बताए ।

Facebook Comments

Related posts

Leave a Comment