‘थ्रेसहोल्ड’ ले कर्मचारीमा विवाद

एविसि खबर
काठमाडौं, १ चैत्र । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतको सीमा ‘थ्रेसहोल्ड’ राख्ने की नराख्ने भन्ने विषयमा विवाद बढेको छ । आगामी चैत २८ गते हुन लागेको निर्वाचनमा कसरी जाने भन्ने विवाद बढेको हो ।

श्रम तथा रोजगार मन्त्री दीपक बोहराले आइतबार सात कर्मचारी सङ्गठनका पदाधिकारीसँग मन्त्रालयमा गरेका थिए । छलफलमा सातमध्ये चार संगठनले थ्रेसहोल्ड राख्न नहुने अडान लिएका थिए । अहिलेको प्रावधानअनुसार खसेको मतको कम्तीमा २० प्रतिशत मत पाउनेले मात्रै निर्वाचित हुन पाउने प्रावधान छ । एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती कार्यसमिति) सहित नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल राष्ट्रसेवक कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठन ((निजामती कार्य समिति)ले मतसीमा राख्न नहुने अडान लिएका छन् । उनीहरूले आजको छलफलमा उपस्थिति पुस्तिकामा समेत हस्ताक्षर गर्न मानेनन् ।

छलफलमा कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ), एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले भने थ्रेसहोल्ड राख्नुपर्ने पक्षमा मत राखेका थिए ।

प्रमुख निर्वाचन अधिकृत राजीव गौतमले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले आजसम्म ६९ जिल्लाको मतदाताको नामावली आइसकेको र सोमबारसम्म ७५ जिल्लाको विवरण आइपुग्ने जानकारी दिए । उनले सोमबारदेखि मतदाताको नामावलीसमेत वेवसाइटमा राख्न सुरु गरिने बताए

Facebook Comments

Related posts

Leave a Comment