हवाइ दुर्घटना रोक्न निर्देशन

hqdefault
एविसि खबर
काठमाडौं, १ चैत्र । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी कार्ययोजना बनाइ तुरुन्त लागु गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालमा पछिल्लो पटक दुइवटा हवाइ दुर्घटना भएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

तारा र काष्ठमण्डप एयरको विमान दुर्घटनाका सम्बन्धमा अनुसन्धानका लागि गठित छानबिन समितिलाई सत्यतथ्य सहितको प्रतिवेदन समयावधिभित्रै पेस गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई बैठकले निर्देशन दिएको छ । नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा चालकको नियन्त्रणमा जहाज हुँदाहुँदै पनि आकस्मिकरुपमा मौसममा आउने परिवर्तनले पहाडी र पर्वतीय क्षेत्रमा बारम्बार जहाज दुर्घटनामा परेको देखिएकाले हवाई कम्पनीलाई मौसम भविष्यवाणीसम्बन्धी प्रविधि अपनाउन समितिले सुझाउ दिएको छ ।

हवाई उडान अनुमति दिँदा अनियमितता भएको÷नभएको बारेमा विशेषज्ञसहितको समितिबाट छानबिन गराई दोषी देखिएका पदाधिकारीलाई आवश्यक कानुनी कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । विगतमा एउटामात्र इन्जिन जडान भएको जहाजलाई उडान अनुमति बदनियतपूर्वक र त्रुटिपूर्ण तरिकाले दिएको भन्ने जनगुनासोका आधारमा समितिले सरकारलाई उक्त निर्देशन दिएको हो ।

Facebook Comments

Related posts

Leave a Comment