झापा अन्र्तराष्ट्रिय आमन्त्रण फुटबल चैत १९ देखि

एविसि खबर

विर्तामोड । झापा फुटबल संघको आयोजनामा झापा अन्र्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । आगामी चैत १९ गतेदेखि झापामा अन्तराष्ट्रिय फुटबल हुने शनिबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयो । रमपम झापा–११ फुटबल क्लबको सहआयोजना समेत रहेको प्रतियोगिता २७ चैतसम्म हुनेछ । विर्तामोडस्थित डोमलाल रंगशालामा हुनेछ प्रतियोगितामा भारत, बंगलादेश, भुटान र श्रीलंकाका चार क्लबसहित नेपालका विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबले सहभागिता जनाउँदै छन् । यस्तै, प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र आयोजक रमपम झापा–११ ले पनि सहभागिता जनाउँदै छन् । प्रतियोगिता विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment