उदयपुरमा तीन दिनदेखि आगलागी

aagolagi2 एविसि खबर
उदयपुर ३० फागुन, । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको हँडिया गाविस र जोगिदह गाविसको फुलजोर वन क्षेत्रमा तीन दिनदेखि सुरभएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । फुलजोर क्षेत्रको महाभारत सामुदायिक वन क्षेत्र र देउराली वन क्षेत्रमा तीन दिनदेखि आगलागी भएको स्थानीयवासी हर्कध्वज खड्काले जानकारी दिएका छन् ।

फुलजोर क्षेत्रको उत्तरी वन क्षेत्रबाट सुरु भएको आगलागी अहिले स्थानीय गाउँ छेउसम्म आइपुगेका कारण स्थानीय गाउँघरसमेत आगलागीको खतरामा परेको हँडिया देवधारका तेजेन्द्र चौधरीले बताए । आगो अहिले फुलजोर क्षेत्रमा झन्डै १० किमी जङ्गलको क्षेत्रफलसम्म चारैतिर फैलिएका कारण यस क्षेत्रका झन्डै पाँचसय घर आगलागीको जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासी बद्री थापाले दुई दिनअघि नै जङ्गलको उत्तरी भागबाट आगलागी सुरु भएको भन्दै आफूहरुलाई आगो फैलिएपछि मात्र थाहा पाएको बताए । उनले भने,‘अब गाउँलेले नियन्त्रण गर्नसमेत कठिन भएका कारण अहिले तीन गाउँ क्षेत्र आगलागीको जोखिममा परेको छ ।’ अहिलेसम्म आगो नियन्त्रणमा जिल्ला वन कार्यालय र स्थानीयवासीको समेत पहल भएको छैन ।

स्थानीयवासीले नै वन जङ्गलमा गएर गाई वस्तु चराउने सुर्ती, बिँडी पिउने र लापर्बाही तथा मनपरी आगो फाल्ने गरेका कारण आगलागी भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
अहिले भइरहेको आगलागी समयमा नै नियन्त्रण नहुने हो भने हँडिया, जोगिदह हुँदै त्रियुगा नगरपालिका क्षेत्रको चप्पन, साउने खाँबु हुँदै सात गाविसको वन क्षेत्रसम्म आगो फैलिन सक्ने स्थानीयवासीले बताएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment