सुरु भयो सरकार फेर्ने बहस

indexएविसि खबर
काठमाडौं, २८ फागुन । कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको विजयी सँगै राष्ट्रिय राजनीनितीमा नया बहसको प्रारम्भ भएको छ । केन्द्रिय सदस्यहरुको मत गणना कार्य धमाधम भइरहेको बेला वर्तमान सरकारको आयुका बारेमा नया बहस सुरु भएको हो ।

यस्तो बहसमा प्रधानमन्त्री केपी ओलीसमेत सार्वजनिकरुपमा सहभागी भइसकेको राजनीतिक वृत्त देखिएको छ । देउवा सभापति भएलगत्तै उनका निकटवर्तीहरुले सरकारको बारेमा मुख खोलिसकेका छन् ।  उनीहरुको अभिव्यक्तिबाट के प्रष्ट हुन्छ भने केन्द्रीय सदस्यहरुको मतगणना सकिएपछि देउवाले नयाँ सरकारको कसरत सुरु गर्ने संकेत मिलेको छ ।  प्रधानमन्त्री केपी ओलीले यस्तै संकेत पाएकाले हुन सक्छ सरकारको बारेमा बोल्न थालेका छन् ।

‘यो सरकार ढल्दैन, कसैले टीका लगाएर दिएको होइन’ भन्दै ओलीले सार्वजनिक अभिव्यक्तिहरु दिन थाल्नुले नयाँ सरकार बनाउने खेल सुरु भएको सामन्य संकेत गरेको छ ।

Facebook Comments

Related posts

Leave a Comment