गजलः को हौ तिमी ?

balaram timilsena 

– बलराम तिमिल्सिना ‘बिप्लब’

यो गर त्यो गर भनी को हौ तिमी अह्राउँने ?
लाज सरम पचाएर को हौ तिमी कराउँने ?

तिम्रो अंश(वंश केही विगारेको छ र हाम्ले ?
न ताक्या छौं हस्तिनापुर को हौ तिमी डराउँने ?

छिमेकी  हौ  छिमेकीकै ठेगानमा बस भाइ
मेरो घर छिरी तिमी को हौ मार्ने मराउँने ?

उता आफ्नै जहानलाई भोकै नांगै रुवाएर
हाम्रा घरका जहानलाई  को हौ मन पराउँने ?

न त तिम्रो  प्रान्त हो यो न पुर्खाकै कमाई हो
कस्ले दियो अधिकार भा‘डभैलो गराउँने ?

नसिकाऊ क ख धेरै जान्ने बुझ्ने पल्टिएर
हाम्रो मामला हो अंश दिने मानो भराउँने !

चुरीफुरी गरÞ्यौ भने बडे दादा पल्टिएर ,
होस गर आउला दिन टिस्टा पारी तराउँने !

२०७२÷०६÷१३
काठमाडौ

Facebook Comments

सम्बन्धित

Leave a Comment