खोटाङका तीन पत्रकार पुरस्कृत

समाचार

dadadएविसि खबर
खोटाङ, २७ फागुन । जिल्ला बिकास समिति खोटाङले जिल्लाका तीन क्रीयाशील पत्रकारलाई बिकास पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रबाट जिल्लाको बिकास निर्माण तथा सामाजिक परिवर्तनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै जिल्ला बिकास समितिले २३ औँ जिल्ला परिषदको

अवशरमा बिहिबार तीन पत्रकारलाई बिकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
बिकास निर्माणका सवालमा वर्षभरीमै उत्कृष्ट समाचार सम्प्रेषण गरेकामा जिल्ला बिकास समितिले यस वर्षको बिकास पत्रकारिता पुरस्कारबाट पत्रकार केदार मगर, बिकास निर्माणका सवालमा लामो समयदेखि कलम चलाउँदै आएकामा अग्रज पत्रकार कृष्ण आचार्य र बिकास निर्माणका सवालमा क्रियासिलरुपमा कलम चलाइरहेकामा पत्रकार रामधन राईलाई पुरस्कृत गरेको हो ।

पत्रकार मगरलाई नगद २० हजार तथा आचार्य र राईलाई जनही १५ हजार प्रदान गरिएको छ । पुरस्कृत पत्रकारहरुलाई प्रमुख अतिथिकारुपमा संघीय मामिला तथा स्थानीय बिकास सहायक मन्त्री बिराजबहादुर बिष्टले खादा ओढाएर नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन् । जिल्लाको विकास निर्माण तथा परिवर्तनमा पत्रकारलाई हौसला प्रदान गर्नकालागि क्रियासिल पत्रकारलाई सम्मान गरिएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए । जिबिस र नेपाल पत्रकार महासंघको समन्वय र छनौटमा पत्रकारलाई पुरस्कृत गरिएको हो । बिकास पत्रकारिता पुरस्कार प्रदान गर्नकालागि जिबिसले गत वर्ष ५० हजार बजेट बिनियोजन गरेको थियो । पुरस्कृत ६२ वर्षीय पत्रकार आचार्य बिगत तीन दशक अघिदेखि पत्रकारितामा क्रियासिल छन् ।

Facebook Comments

Leave a Reply