किरात स्वायत्त राज्यको लागि मार्चपासहुने

59b4dbe5-2069-4595-bd51-f921a35be000एविसि खबर
काठमाडौं । किरात राई यायोक्खा राष्ट्रिय ९औं राष्ट्रिय महाधिवेशनले तिलक राईको अध्यक्षता ३९ सदस्यीय नया“ कार्य समिति चयन गरेको छ । सम्मेलनले किरात स्वायत्त राज्य नामाकरण गर्न नेपाल सरकार तथा दलका नेताहरुसंग माग गर्दै १९ बु“दे भक्तपुर बोडे घोषणापत्र जारी गरेको छ । देशको हरेक अंगमा पूर्ण समानुतापतिक समावेशी राज्य ब्यवस्था गरिनुपर्ने, ब्रिटिश गोरखा सैनिक र उनका परिवारहरुलाई गैर आवसीय नागरिकता प्रदान गरिनुपर्ने, किराती दर्शन शास्त्र मुन्धुममा आधारित किरात धर्मलाई मान्यता प्रदान गर्न सरकारस“ग जोडदार माग गरेका छन् ।

किरात सा“स्कृतिक धरोहरलाई नामेट गर्नेगरी राज्यले भोजपुरको हतुवागढीमा सेना र खोटाङको मझुवागढीमा राखेको सशस्त्र प्रहरीको ब्यारेक तुरुन्त हटाइनुपर्ने, आदिवासी अधिकारवारे संयुक्त राष्ट्र संघीय घोषणापत्र र अन्तराष्ट्रिय श्रम संगठन (आइ.एल.ओ. १६९) कार्यान्वयन गर्न, २००७ सालका नायक रामप्रसाद राई र नारदमुनि धुलुङलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, किराती पहिचानलाई नामेट गर्ने ढंगले नव घोषित नगरपालिकाहरुलाई गरिएको नामाकरण खारेज गरेर किराती पहिचानको आधारमा नाम राख्नुपर्ने लगायतको बु“दाहरु उल्लेख छ ।

यसैवीच नव निर्वाचित अध्यक्ष तिलक राई, महासचिवन जिवन हाताचो, उपाध्यक्ष दिवस राई लगायतका पदाधिकारीहरुले कोटेश्व काठमाडौं स्थित मख्य कार्यालय पुगेर आज पदभार ग्रहण गरेको छ । पदभार ग्रहण गर्ने कार्यालयमा उपस्थिति पदाधिकारीहरुको बैठकले धरानको सुनसरीमा रहेको यलम्बर स्मृति संग्राहलयमा यायोक्खाको शाखा कार्यालय स्थापना गर्ने लगायतको निर्णय गरेको छ ।

यायोक्खाले पूर्व नेपालको ताप्लेजुङ, पा“चथुर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु तथा सिन्धुली, दोलखा र रामेछाप गरी १७ जिल्लाको किराती थात थलोहरुलाई मिलाएर किरात स्वायत्त राज्य निर्माणहुनु पर्ने माग गर्दै आएको छ ।

आफ्नो संगठनले प्रस्ताव गरेको क्षेत्रलाई किरात स्वायत्त राज्य स्थापित गर्न दोलखादेखि मेचीसम्म मार्चपास लगायतको कार्यक्रम गर्ने सम्मेलनको बन्दसत्रमा तत्कालिन उपाध्यक्ष दुर्गा राईद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनले पास गरेको छ । नव चिर्वातिच अध्यक्ष तिलक राईले समितिमा युवाहरुको बाहुल्य रहेको उल्लेख गर्दै मार्चपास लगायतको प्रचारात्मक कार्यक्रम तत्काल सुरुहुने बताएका छन् ।

“संघीय गणतन्त्र नेपालमा पूख्र्यौली भूमिको पहिचान, किरात स्वयत्त राज्य निर्माण गर्ने हाम्रो अभियान” भन्ने मुल नाराको साथ फागुन २३ गते राजधानी स्थित कमलादी काठमाडौको प्रज्ञा भवनमा उद्घाटन तथा भक्तपुरको बोडे स्थित कृषि विकाश बैंकको केन्द्रीय तालिम केन्द्रमा २४ र २५ गते बन्दसत्र भएको थियो । यायोक्खा किरात राई समुदायको साझा समाजिक संस्था हो ।

yayokhhha

Facebook Comments

Related posts

Leave a Comment