नांगा देखि बांगाबाबा सम्मलाई खर्च

images (2)एविसि खबर
काठमाडौं, २७ फागुन । सरकारले महाशिव रात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्तलाई खर्च दिएर विदाई गरेको छ । पशुपतिमा आएका नांगाबाबा देखि बांगा बाबा सम्म सबैलाई खर्च दिइएको हो । उनीहरुलाई

पशुपति विकास कोषको खाताबाट रकम निकालेर सालैमारी आएका साधुसन्तहरुलाई सरकारले रसदपानीको व्यवस्था गर्ने गरेको हो । सरकारले यसरी उपलब्ध गराउँदै आएको रकमले सरकार अझै हिन्दुपक्षिय देखिदै आएको अन्यधर्मावलम्बीहरुले आरोप लगाएका छन् । पशुपति क्षेत्रमा आउने जुङगे बाबा देखि नाङगे बाबा सबैलाई पैसा दिनु उनीहरुलाई सहानुभुती दिनु भएको भएपनि सबै धर्मवालम्बि तिर्थालुहरुलाई समान व्यवहार नगरेको उनीहरुको आरोप छ ।

सरकाले हिन्दुधर्मवालम्बी साधु सन्तलाई पशुपति क्षेत्र विकास कोषको तर्फबाट खर्च उपलब्ध गराएको हो । शिवरात्रिमा मेला भर्न पशुपति आएका करिब पाँचसय साधुसन्तलाई बुधबार उपलब्ध गराएको हो ।

images (1)देश तथा विदेशबाट आएका साधु, जोगी बाबाजीलगायत सन्तलाई उनीहरको स्तर हेरी एकसय ५१ देखि पाँच हजारसम्म दक्षिणा प्रदान गरिएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताएका छन् । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलको उपस्थितीमा रकम वितरण गरिएको थियो ।

सो अवसरमा विभिन्न मिठाइ, दक्षिणा, रुद्राक्षको मालाजस्ता उपहार समेत साधु सन्तलाई उपलब्ध गराइएको थियो । केही छुटपुट भएका साधुसन्तलाई बिहीबार पनि दक्षिणा दिएर बिदाइ गरिने जनाइएको छ । शिवरात्रिमा मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावनलगायत स्थानबाट साधुसन्त आएका थिए ।

स्वामी अभियानन्द र ९३ वर्षीय डा भीमा शङ्कर ‘गदुर बाबा’समेत मेला भर्न आउनु भएको थियो । गत वर्ष करिब सात हजार साधु सन्त आएकामा यस वर्ष दुई हजार साधु सन्त आएको अनुमान गरिएको छ । कोषले साधुसन्त व्यवस्थापनका लागि ११ लाख विनियोजन गरेको थियो ।

Facebook Comments

Related posts

Leave a Comment