भाग्य-लघुकथा

 

  

किशोर के सी
किशोर के सी

नाम धनबहादुर भएर पनि म जीवनमा कहिल्यै धनी हुन सकिँन । मलाई आशा थियो म एकदिन अवश्य धनी हुनेछु । तपाईँ भन्नुहोला ( ु आशा त जसले पनि गर्छ नि १ आशा गर्दैमा सबै कुरा हुने भए संसारमा किन अभाव हुन्थ्यो ,किन समस्या पर्थ्यो र किन दुःख रहन्थ्यो ।
यो मेरो आशा लरतरो छँदै थिएन । एक त मेरो नामै धनबहादुर थियो । तपाईँ फेरि भन्नुहोला ( ुनाम त जस्तो पनि जुर्न सक्छ , आखा नभएका नेत्र बहादुर, हात नभएका हस्त बहादुर, कान चुँडिएका कर्ण बहादुर, बैगुनी गुनराज, आफ्नो घर नहुने गृह बहादुर, यस्तै‘। यस्तै ।ु यस्तो हुन सक्छ मैले मानेँ । गाँठी कुरा सुन्नुस्( मेरो चिना यति राम्रो थियो कुनै पनि ज्योतिषिहरु मेरो भाग्य देखेर जिब्रो टोक्थे । सबै ग्रह र नक्षत्रहरु ठिक ठिक ठाउँमा बसेका छन् भनेर उनीहरु बखान गर्थे । यो केटो चानचुने हुँदैन है( उनीहरु भन्थे ।
अर्काको हलो जोतेर लखतरान परेका मेरा बाउ जब बेलुका घर फर्कन्थे आमा यो खुसीको कुरा उनलाई सुनाउँथिन् ।बाउ दङ्ग पर्थे । उनका थकित चेहरामा पनि खुसीका रेखाहरु दौडिएको अझै मलाई याद छ ।
बाउ मात्र होइन आमा पनि भाग्यमानी छोराकी आमा हुन पाएकोमा दङ्ग पर्थिन् । बहिनी भाग्यमानी दाजुकी बहिनी हुन पाएकोमा दङ्ग पर्थी ।
सबै जना खुसी सबै जना दङ्ग ।
भाग्यको पर्खाइमा कति रात आधा पेट सुतियो कति छाक गिट्ठा भ्याकुरमा टारियो साध्यै छैन ।
म भाग्यमानी हुनुका अरुपनि केही आधारहरु थिए । त्यतिकै म भाग्यमानी हूँ भनेर जो कोहीले कहाँ भन्न
सक्छ । मेरो निधार ठुलो थियो । यहाँ निर तपाईँले भन्ने कुरा आइहाल्छ( कुमालेले आफ्नो भाँडा सर्काउँछ ।
पहिला कुरा त पूरा सुन्नुस्( यो मेरो आफ्नो भनाइ हुँदै होइन । गाउँका सबै मान्छेहरु भन्थे ुआहा
यो केटाको कति ठुलो निधार यो पछि पक्कै ठुलो मान्छे हुन्छ ।ु सुन्नुभो यसो नभन्ने त गाउँमा कोही छँदै थिएन । त्यो गाउँ भरिको ठुलो निधारवाला म ठुलो नभएर अरु को ठुलो हुने। म गतिलो बन्ने अर्को बलियो आधार यो पनि थियो ।
आधारहरु अपर्याप्त भए भन्ने तपाईँलाई लाग्ला ।अरु थप कुरा सुन्नुस्( मेरो हातको हस्तरेखा हेरेर एकदिन एउटा जोगीले मेरी आमालाई सल्लाह दियो( ुयो केटाको हात जो पायो त्यहीलाई नदेखाउनु । यसको भाग्यरेखा यति लामो छ कि मैले हेरेका कति कति ठुलाबडाका हातमा पनि यति लामो भाग्यरेखा मैले देखेको छैन । यसको हातको खलो उत्तिकै ठुलो छ । यो सम्पत्तिको खलो हो । जो कोहीलाई देखाउँदा आँखा लाग्न सक्छन् । यस्तो भाग्य त हजारौँमा एकको मात्र हुन सक्छ ।ु
चिनिएका र इमानी मानिएका केही हस्तरेखाका विज्ञहरुलाई आमाले मेरो हात हेराउनुभयो । उनी हरुले
पनि त्यसै भने ।

मेरा बाउ हलो जोत्थे तर ती जग्गा उनका थिएनन् । मेरी बहिनी गाईबाख्रा चराउँथी तर ती गाईबाख्रा उसका थिएनन् । मेरी आमा लुगा धुन्थिन् , भाँडा माझ्थिन् तर ती चिज पनि उनका थिएनन् ।
हली बाउको कमारी आमाको र गोठाल्नी बहिनीको केही आफ्नो थियो भने त्यो म थिएँ । सम्पन्नशाली जन्मकुण्डली, ठुलो निधार र लामो भाग्यरेखा भएको भविष्को एउटा मीठो सपना ।
आजीवन माटोसँग खेले मेरा बाउ तर एक मुठी माटो आफ्नो नभइकन उनको प्राण गयो । चिहानका लागि समेत उनले आफूले पसिना बगाएको भूमि पाएनन् । एउटा खोल्सीमा लगेर पुर्नु पर्यो । जीवन भरि महङ्गा महङ्गा कपडा धुने मेरी आमा एकसरो भनेजस्तो लाउन नपाइकन मरिन् । बाख्राबस्तु हेरेर आफ्नो अमूल्य बाल्यकाल बिताउने मेरी बहिनी लाउँलाउँ खाउँखाउँको उमेर मा कहाँ हराई पत्तो भएन ।
न त मैले स्कुल पढ्न पाएँ न त कुनै नौलो संसार देख्न पाएँ । बाउको बिँडो थाम्नु पर्यो मैले । हलाका अनौहरुमा मेरो लामो हस्तरेखा घिसियो । मालिकका खलाहरुमा हात घोट्दा घोट्दै मेरो हातको खलो पिसियो । मेरो भाग्यमानी ठुलो निधारमा नाम्लाका डामहरु थपिँदै गए( एकपछि अर्को (एकपछि अर्को ।
अहिले म मृत्युशैय्यामा छु । जीवनभरि जोतिएर पनि म धनबहादुरले आफूलाई कात्रो किन्ने पैसा
सम्म कमाउन सकिँन । तर जाने बेलामा आफन्तहरुलाई एकथोक भन्न मन लागेको छ –
‘ ए, मेरा गरिब आफन्तहरु हो १ सुन( ुहामी गरिबले आफ्ना हातका लामा हस्तरेखाहरुमा भूमिपतिहरु का लागि निला निला ठेला सजायौँ । हाम्रा फराकिला निधारहरुमा साहूमहाजनका लागि ठुलाठुला भारीहरु उठायौँ । हाम्रा जन्मकुण्डलीका गोलचक्काहरुमा उनीहरुका नक्षत्र पसेका रहेछन् । हाम्रा ठुलानिधार र लामा हस्तरेखामा उनीहरुका भाग्य बसेका रहेछन् । अब हाम्रो भाग्य त्यहाँ छैन । हाम्रो भाग्य
पक्कै अन्तै कतै छ । अरु नै केहीमा छ ।

त्यसलाई तिमीहरुले खोज ‘‘‘‘‘‘। अवश्य खोज ।’

Facebook Comments

Related posts

Leave a Comment