अपांग अध्यक्षतामा सेढाई

एविसि खबर
काठमाडौ, २६ फागुन । नेपाल अपांग मानवअधिकार केन्द्र (डिएचआरसी) को १५औँ साधरणसभाले तारावदन सेढाईँँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको उपाध्यक्षमा प्रकाश पन्थ, महासचिव जगदीप्रसाद अधिकारी, सचिव जानकी श्रेष्ठ, कोषाध्यक्ष अम्बिका खड्का रहेका छन् ।

त्यसैगरी सदस्यमा सुशीला ढकाल र दामोदर रेग्मी निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले मंगलबार उद्घाटन गरेको साधरणसभामा अब बन्ने संरचना अपांगमैत्री बनाउनपर्नेमा सहभागीले जोड दिए ।
नवनिर्वाचित अध्यक्ष सेढाईँले अपांगता भएकालाई समाजमा हिँडडुल गर्न कठिन रहेको बताउँदै उनीहरुको संवेदनशीलता र अधिकारको संरक्षणका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।

Facebook Comments

Related posts

Leave a Comment