नुवाकोट एमालेमा खतिवडा

एविसि खबर
नुवाकोट, २६ फागुन । एमाले नुवाकोटको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानको अन्तिम परिणाम अुनसार अध्यक्षमा बनारायणप्रसाद खतिवडाले ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विन्दा ढुङ्गानाले २४१ मत प्राप्त ल्याएकी थिइन् ।

सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षदेखि विभिन्न पदमा ७१ जनाका लागि भएको निर्वाचनमा नारायणप्रसाद खतिवडाको खेमाले बहुमत कायम गरेको छ । खतिवडाका ४४, ढुङ्गानाका २१ र दुबै खेमामा आफ्नो नाम राखेका छजना निर्वाचित भएका छन् । सबैभन्दा बढी मत महिला सदस्यका उम्मेदवार शान्ता थापाले ३५७ र सबैभन्दा कम लेखा कमिटीका सचिवका उम्मेदवार आशीषकुमार मिजारले ३२ पाएकी थिइन् । उपाध्यक्षमा बद्री मैनाली, सचिवमा बुद्धि प्रधान र उपसचिवमा विष्णुप्रसाद लोहनी जितेका छन् । यसैगरी निर्वाचन कमिटीको अध्यक्षमा यमप्रसाद खतिवडा र लेखा कमिटीको अध्यक्षमा पद्म उप्रेती छानिएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment