टान निर्वाचन आचारसंहिता २०७२ जारी

काठमाडौ, ८ असोज । ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) निर्वाचनका लागि निर्वाचन समितिले आचारसंहिता २०७२ जारी गरेको छ । यही असोज १५ गते दिनको १ बजे देखि ४ बजेसम्मको लागि मतदान समय तोकिएको छ ।

प्रमुख निर्वाचन अधिकृत तुलसी भट्टद्धारा जारी आचारसंहितामा मतदान हुन भन्दा २४घण्टा अगाडि देखि निर्वाचन क्रियाकलापका सम्बन्धमा निर्वाचन समितिले जारी गरेको आचार संहिता उल्लंघन गरेमा कानुनसम्मत सजाय गर्न वा निर्वाचन बदर गर्न वा आचार संहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्ध गर्न वा आचार संहिताको उल्लंघन गर्ने मतदाताको मताधिकारमा बन्देज लगाउन सक्ने उल्लेख छ ।

आचारसंहितामा लेखिएको छः
(क) टानको विधानको दफा १० उपदफा (९) मा अनधिकृत व्यक्तिले मतदान गर्न नहुने ः साधारण सदस्यको हैसियतले कार्य समिति वा च्याप्टर वा क्षेत्रिय संघ का पदाधिकारी तथा सदस्यहरुको लागि हुने निर्वाचनको मतदानमा भाग लिन, उम्मेदवार हुनका लागि सदस्य एजेन्सिको शेयरधनी रहेको व्यक्तिले मात्र हुन सक्नेछ

(क) मतदाता सूचिमा नाम उल्लेख भएको सदस्य एजेन्सिको संचालक । शेयरधनी रहेको पुष्टि हुने निम्न बमोजिमको सक्कल कागज वा प्रतिलिपी मध्ये कुनै १ निर्वाचन अधिकृतलाई मतदानको समयमा बुझाउनु पर्नेछ, भन्ने व्यवस्था रहेकोले मतदानमा भाग लिनका लागि निम्न व्यवस्था गरिएको छ ः
(अ) संचालक । शेयरधनीको नाम उल्लेख भएको कम्पनी दर्ता प्रमाणपत्रको सक्कल वा स्थायी लेखा नंम्वर दर्ता प्रमाण पत्र वा पर्यटन उद्योग महाशाखाबाट जारी भएको प्रमाणपत्र वा उद्योग दर्ता प्रमाणपत्र हरु मध्ये कुनै १
(आ) सदस्य कम्पनीको प्रवन्धपत्र वा नियमावली मध्ये कुनै १
(इ) कम्पनी रजिष्ट्रारको कार्यालयबाट अभिलेख भएको सदस्य कम्पनीको संचालक समिति वा शेयधनीको लगत
(ख)  ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को केन्द्रिय कार्यालयमा कायम रहेको सदस्य कम्पनीहरुको संचालकको अभिलेखमा उल्लेख भएको व्यक्ति ।

माथि (क) मा लेखिएको कागजात मध्ये कुनै एउटा कागजातका साथै उक्त कागजातमा नाम उल्लेख भएको संचालक वा शेयरधनीको नाम भिड्ने नागरिकताको प्रमाण पत्र वा सवारी चालक अनुमतीपत्र वा राहदानी वा टान सचिवालयबाट जारी भएको परिचयपत्र मध्ये कुनै एक निर्वाचन अधिकृतलाई अनिवार्य देखाउनु पर्नेछ ।

(ग) मतपत्र, मतदानको लागि रेजा लगाउने स्थान गोप्य हुने अर्थात गोप्य मतदान हुने हुनाले गोप्य मतदानको प्रक्रियालाई दख्खल दिने गरी कुनै पनि सि.सि. टि.भि. वा अन्य ऋब्य दृष्य वा भिडियो वा तस्विर खिच्ने कार्य गर्न पाईने छैन ।

(घ) मतदान हुने समय (२०७२ साल असोज १५ गते दिनको १ बजे) भन्दा २४ घण्टा अगाडि निर्वाचन प्रचार, प्रसार गर्न, भोज भतेर गर्न वा निर्वाचनलाई प्रभाव पार्ने कुनैपनि गतिविधि गर्न पाईने छैन ।

शिखरपोष्ट

Facebook Comments

Related posts

Leave a Comment