यायोक्खाको बन्दशत्र जारी

12801094_965638086852802_1271440958013188834_nएविसि खबर
काठमाडौं २४ फागुन । किरात राई यायोक्खाको नवौ राष्ट्रिय अधिवेशनको बन्दशत्र जारी रहेको छ । भक्तपुरको बोडेस्थित कृषिविकास कार्यलयको तालिमहलमा संचालित जारी बन्दशत्रमा यायोक्खा अध्यक्ष यसोधा राईको सभापतित्वमा संचलान भइरहेको हो ।

बन्दशत्रमा सोमबार विभिन्न जिल्लाबाछ आएका प्रतिनिधिहरुले आफ्नो रिर्पोटिङ प्रस्तुत् गरेका छन् । यसै भाषिक सस्थाहरुको रिर्पोटिङ पेशगर्ने क्रममा जारी रहेको छ ।
मंगलबार भाषिक तथा भातृसंगठनहरुको रिर्पोटिङ पेश हुने आयोजकले जनाएको छ । पहिलो चरणको कार्यक्रम अन्र्तगत सबै रिर्पोटिङ सकिएपछि यायोक्खाको तर्फबाट सांगाठानीक तथा आर्थिक प्रतिवेदन प्रस्तुतु गरिने कार्यक्रम रहेको महासचिव दिवस राईले जानकारी दिएका छन् । यस्तै अन्तिममा विधान शंसोधनको प्रस्ताव गरिने छ । विधान संशोधन पछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिएका छन् ।
भावि नेतृत्व कस्ले गर्ला

अधिवेशनको बन्दशत्र संँगै यायोक्खाको भावि नेतृत्वका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । अध्यक्ष दावेदारमा ४ जना प्रतिस्पर्धा उत्रने संकेत देखिएपनि सके सम्म सहमती गरेरर अगाडि बढ्न प्रतिनिधिहरुको दवाव रहेको छ । दुर्गा राई, तिलक राई, चन्द्रविक्रम राई, मणिकुमार राईको नाम आएको छ ।

Facebook Comments

Related posts

Leave a Comment