किरात राई यायोक्खाको बन्दशत्र बोडेमा

kyya
भीम दुमी
काठमाडौं, २४ फागुन । किरात राई यायोक्खाको नवौ महाधिवेशन भक्तपुरको बोडेस्थित कृषी केन्द्रको केन्द्री तालिम हलमा हुने भएको छ । २३ फागुनबाट सुरुभएको अधिवेशनको उद्घाटन आइतबार प्रज्ञाभवन कमलादी भएको थियो । २४ र २५ गते सम्म बन्द शत्र चल्ने छ ।
आइतबार भएको उद्घाटन कार्यक्रममा बोल्दै सूचना सञ्चार तथा मन्त्री शेरधन राईले सरकारमा बसेर आदिबासी जनजातिको शिर निहुरिने कुनै कार्य नगर्ने बताएका छन् ।
किरात राई यायोक्खाको ९औ राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री राईले आºनो लक्ष्य मन्त्रीसम्म मात्र नरहेको बताए । बाल्य अवस्थादेखि निरन्तर राजनीतिक गरेकै कारण आफू यो उमेरमा सरकारको प्रवक्ता बनेको उल्लेख गर्दै संविधान निर्माण गर्ने क्रममा आदिवासी जनजाति आयोग र धर्म निरपेक्षताको बारेमा संघर्ष गरेको बताए ।
यायोक्खाले लिएको लक्ष्य हासिल गर्न शसक्त, एकताबद्ध र सामुहिक अभियान आवश्यकता रहेको बताए । मन्त्री राईले घोषित संविधान पूर्ण नभएपनि संसदमा २ तिहाईको बहुमतले संसोधन गर्न सकिने बताउदै कार्यान्वयनमा जोड दिनुपर्ने तर्क प्रस्तुत गरे । संविधानले प्राप्त उपलब्धिको रक्षा गरेको दावि गर्दै नेपालको परिवर्तनमा रामप्रसाद राई, नारदमुणी थुलुङ, नवीन राई (किरात राई विद्यार्थी संघका संस्थापन अध्यक्षको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
नेपालमा विभेद र असमानता अझै रहेको उल्लेख गर्दै एकले अर्कोलाई हेला होचो तथा अपमान नभएर सम्मानताको व्यवहार आवश्यक रहेको बताए । किरातीहरु बन्दूक होइन चेतना स्तरको विकाशबाटै परिवर्तन संभव रहेको बताए ।
पूर्व संस्कृति मन्त्री गोपाल किरातीले हुनेखाने राईहरुको असहयोगको कारण तत्काल किरात स्वायत्त राज्य प्राप्त गर्न नसहेको बताए । सशस्त्र संघर्षको क्रममा आफूले ३ सय फौज भएसम्म दुःखसुख हिडाउन सकेपनि त्यसभन्दा बढी बनाउदा आर्थिक अभवकै कारण माओवादीसंग एकता गर्नुपरेको बताए ।
यायोक्खाको संस्थापक तथा एमाओवादीका स्थायी समिति सदस्य समेत रहेका किरातीले उदेश्य प्राप्ति गर्न नसकेको वैज्ञानिक कारण खोजेर समाधान गर्नुपर्ने बताए । संविधानसभाबाट नया“ संविधान घोषणा नभए प्रतिगमनको संभावना भएकोले संविधान निर्माण गर्नुपरेको उल्लेख गर्दै १० बर्षसम्म पनि राज्य सत्ता किरात स्वायत्त राज्य निर्माणमा सहमत नभए आºनै नेतृत्वमा पुन बन्दुक उठाउने बताए । केही बर्ष विचारधारात्मक तयारीमा लागेको उल्लेख गर्दै एजेण्डा अफ गरेर स्वाधिन किरात राज्यको पक्षमा लाग्नुपर्ने उनको तर्क थियो । किरात राज्यको लागि युवाहरुले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै किरात राज्यको लागि आफू पोलपोट जस्तो जंगलमा मर्न तयार रहेको बताए । गोपाल किरातीले किरात स्वायत्त राज्यको मुद्धा नछाडेको तर्क प्रस्तुत गर्दै नियमित व्यवहारलाई हेरेर मुल्याङ्कण गर्न बताए ।
कार्यक्रममा संसद रामकुमार(आर.के.)खम्बू, निवर्तमान अध्यक्ष चतुरभक्त राई लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा किरात राई संस्कृतिक कलाकार संघका अध्यक्ष पार्वती राई, कलाकारहरु राई नवीन, आभा मुकारुङ, बिनोद राई लगायतले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । सम्मेलन आयोजक समितिको संयोजक यशोदा राईको अध्यक्षतामा भएको कार्यक्रम महासचिव दिवस राई र उपमहासचिव जीवन हाताचोले सञ्चालन गरेका थिए ।
भद्रकालीबाट सुरु भएको ¥याली सहिद गेटहुनै कमलादी प्रज्ञा भवन पुगेका थिए । किरात स्वायत्त राज्य स्थापना गरौ, पहिचान विरोधी होसियार लगायतका नारा जुलुस सहित प्रज्ञा भवन पुगेका थिए । ¥यालीमा उपाध्यक्षहरु तिलक राई, दुर्गा राई, मनिकुमार राई, हरि के साम्पाङ लगायतका नेताहरु सहभागि रहेका थिए ।
“संघीय गणतन्त्र नेपालमा पूख्र्यौली भूमिको पहिचान, किरात स्वयत्त राज्य निर्माण गर्ने हाम्रो अभियान” भन्ने मुल नाराको साथ भएको महाधिवेशनमा नेपालको २४ जिल्ला, २८ भाषिक संस्थाहरु, ८ भातृ संगठन, ३ सम्बन्धन संस्था र २० वटा देशहरुबाट १ हजार ५ सय प्रतिनिधि प्रर्यवेक्षकको सहभागिता रहेको बताइएको छ । महाधिवेशनले नया“ कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्षको लागि उपाध्यक्षहरु तिलक राई, दुर्गा राई, मनिकुमार राई, महासचिवमा जिवन हाताचो र युवराज राईले दावि गर्दै आएका छन् ।
यायोक्खाले पूर्व नेपालको ताप्लेजुङ, पा“चथुर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु तथा सिन्धुली, दोलखा र रामेछाप गरी १७ जिल्लाको किराती थात थलोहरुलाई मिलाएर किरात स्वायत्त राज्य निर्माणहुनु पर्ने माग गर्दै आएको छ ।

Facebook Comments

Related posts

Leave a Comment