कांग्रेसमा नया नेतृत्वका लागि मतदान

Congress-Voting-18 gaganएविसि खबर

काठमाडौं, २३ फागुन । कांग्रेसको १३ औ महाधिवेशनको मतदान सुरु भएको छ । कांग्रेसको भावि नेतृत्व चयनका लागि देशभरबाट जम्मा भएका प्रतिनिधीहरुले पार्टी सभापति लगायत विभिन्न पदाधिकारी तथा नेतृत्वकालागि लाम लागेर मतदान गरिरहेका छन् ।
सम्मेलन स्थल भृकुटी मण्डपमा अहिले पार्टी सभापति पदकालागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला चुनावी मैदानमा आफ्नो परिक्षामा सामेल छन् । कांग्रेसको नेतृत्व आफ्नो पकड जमाउन तीनै नेताका कार्यकर्ताहरुले लबिङ गर्ने तथा प्रचार प्रसार गर्ने काम सकिएको छ । संस्थापनपक्षका भनिएको नेता रामचन्दै पौडेलको कडा प्रतिस्पिर्धीका रुपमा उभिएका शेरबहादुर देउवा उभिएका छन् । भने पहिलो पटकको निर्वाचनमा दुवैनेतालाई चुनौतीका रुपमा कृष्णप्रसाद सिटौला उभिएका छन् । उनको रणनीति हाललाई दुवै नेतालाई ५१ प्रतिशत नघाउन नदिने रहेको छ ।
कांग्रेसको विधानमा सभापति पदकालागि ५१ प्रतिशत मत अनिवार्य रहेको छ । यदि पहिलो पटकको मतदानमा कुनै उम्मेदवारले ५१ प्रतिशत नु¥याउँदा फेरी मतदान गर्नु पर्ने प्रावधान रहेको छ ।
अर्को तर्फ महामन्त्री पदको प्रतिस्पर्धा अझ रोचक भएर आएको छ । कांग्रेस भित्र बाहिर समेत युवा नेताको भुमिका बनाएको गगनकुमार थापा यो पदको दावेदार भएका छन् । उनले संस्थापन पक्षका मात्र होइन कांग्रेस भित्रको कोइरालाको लिगेसी बोकेका विपिपुत्र शसांक कोइराला तथा आफ्नै नातामा स्वंय ससुरा रहेका अर्जुननरसिहँ केसीसँग प्रतिस्पर्धामा उत्रेका छन् । कांग्रेसको लोक प्रिय युवानेताको रुपमा छवि बनाएका उनको उपस्थिती दुवै नेताहरुको लागि चुनौती समेत बनेको छ ।
IMG_8035चलिरहेको मतदान प्रक्रिया आइतबार ४ बजे सम्म चल्ने छ ।

Facebook Comments

Related posts

Leave a Comment