सेल्टा डि भिगोमाथि रियल मड्रिडको शानदार जित

realmadridकाठमाडौं । क्रिष्टियानो रोनाल्डोको चार गोलको मद्दतले रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा डि भिगोमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डि भिगोमाथि ७–१ को फराकिलो जित हात पारेको हो । उसको जितमा रोनाल्डढो ए

खेलको ४१ औं मिनेटमा पेपेले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको ५० औं मिनेटमा रोनाल्डोले खाता खोले । ५८ औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा सेल्टा डि भिगोले एक गोल फर्कायो । तर, ६४ औं मिनेटमा रोनाल्डोले हृयाट्रिक पुरा गरे भने ७६ औं मिनेटमा चौथो गोल गरे ।
७७ औं मिनेटमा जोसे र ८१ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि रियल मड्रिड ७–१ ले विजयी भएको छ । जितपछि रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ । लिग लिडर बार्सिलोनाको ६९ र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६१ अंक छ । दुबैले एक खेल कम खेलेको छन् । एजेन्सीको सहयोगमा

Facebook Comments

Related posts

Leave a Comment