जिर्ण भवन नभत्काइदा विद्यार्थीहरु असुरक्षित

jalap maviएविसि खबर

खोटाङ, २२ फागुन । भूकम्पको कारण क्षतिग्रस्त भएको जिल्लाको नुनथला स्थित जालपा माबिको जिर्ण भवन नभत्काइदा विद्यार्थीहरु असुरक्षित रहेका छन् । भूकम्पको कारण कम्प्युटर कक्ष, बिद्यालयको कार्यक्रम सन्चालन गर्ने सभाहल तथा कक्षा नौ र दसको भवन भूकम्पका कारण जिर्ण भएका हुन्् ।

उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । भूकम्पले अन्य पाँचओटा कक्षाकोठाहरु समेत भत्केका थिए । ती मध्य तिनओटा कक्षाकोठालाइ मर्मत गरि पठन पाठन कृयाकलाप सञ्चालन गरिरहेको शिक्षक धिरेन्द्र कुमार यादवले जानकारी दिएका छन् । उनले बाँकी कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई गत साल बनेको नया भवनमा एकै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यलयको प्राबिधिकले २६ जेठमा दुई ओटा भवनमा रातो स्टिकर टाँसेको थियो । ती मध्य कक्षा नौ र दस भएको भवन भने जिल्ला शिक्षा कार्यलयबाट चारकोठे भवन परेपछी भवन आफैले भत्काएर त्यसै ठाउमा भवन बनाउन थालेको तर कार्यक्रम हलको भवन भने अहिले सम्म पनि बिबिध कारणले भत्काउन नसकिएको प्र अ धनकुमार पाख्रिनले जानकारी दिएका छन् । उक्त भवन मान्छेले ठेल्दा समेत हल्लिने हुदा निकै खतरायुक्त भएको एकजना शिक्षक बताउछ्न । बिद्यालयको खेलमैदानको बिचमा समेत भएकाले तत्काल नभत्काए जोखिमयुक्त रहेको समेत उनको भनाइ छ ।

jalap maviउनले भने, ‘कुनै पनि बेला भवन भत्किएर बिद्यार्थी किच्न बेर छैन ।’ उक्त भवन भत्काउन वि. व्या. स. लगाएतका सम्बन्धित निकायले समेत कुनै चासो देखाएको छैन ।

Facebook Comments

Related posts