कालाहरूको गीत (कविता)

 

biplap
             बलराम तिमिल्सिना “विप्लव”

कालोको मन कालै हुन्न, गोराको मन गोरो

मन गुणाको मान्छे हुन्छ जसको होस छोरो

मन विर्सी खोज्छौ तिमी ,मात्र गोरो छाला

बढ्ता दिलदार हुन्छन् ,गोराभन्दा काला

सेतो भन्दा पवित्र छ हाम्रो कालो रंग

अनाहक घिनाउँछौ हामीहरूसंग

एता सुन कालालाई हेप्न खोज्नेहरू

तिम्रो मनोविकारको कालो झिक बरु

भावनामा चेतनामा केमा कमी देख्यौ ?

के दसीले आफूलाई श्रेष्ठ भनी लेख्यौ ?

एता हेर गोरो भनी फुर्ती गर्नेहरू !

हामीबाट गल्ति भयो भनी झुक बरु

तिम्रो गोरा-शास्त्रभित्र के कुरा छ खास ?

गोरा जति मालिक र कालाहरू दाश ?

सिधा हेर झुठो शास्त्र पढाउँनेहरू !

झुठो शास्त्र काम छैन छिट्टै फेर वरु

२०७२/१०/१६ काठमाण्डौ

Facebook Comments

Related posts

Leave a Comment