हलेसी नगरपालिकको नाममा विवाद नगरौ

halesiएविसि खबर
काठमाडौं । हलेसी प्रतिष्ठान नेपालल हलेसी क्षेत्रलाई नगरपालिका बनाउने कुरामा नाममा विवाद नगर्न आग्रह गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ती प्रकाशन गर्दै हलेसी नामको बारेमा अनावश्यक विवाद सिर्जना नगर्न आग्रह गरेको हो ।

विज्ञप्तीमा सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा केही विवादका नामहरु आएको भन्दै होलेसुङ राखेपनि, पुर्वको पशुपतिनाथ भनेपनि आखिर हलेसी हलेसीनै भएको भन्दै नाममा लडाइ गर्नु नुहने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा हलेसी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित नामभएको कारण पनि विवाद गरिरहनु आवश्यक नरहेको जनाइएको छ । धार्मिक तथा साँस्कृतिक हिसाबले यसक्षेत्रका आम नागरिकले स्विकार गरेर बसिरहेको नामको उठ्न सक्ने विवादलाई लिएर विभाजीत हुनुभन्दा पनि यस्को प्रवद्र्वन र विकासकालागि एक मतो हुन आवश्यक रहेको भन्दै विज्ञप्तीमा हलेसी नामको कुनै विकल्प हुन नसक्ने उल्लेख छ ।

प्रतिष्ठानका अध्यक्ष सुविन्द्र गिरी तथा महासचिव जीवनजित राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा सम्बन्धीत निकाय, व्यक्ति संघ संस्था, बुद्धिजिवी लगायतलाई सबैलाई विवादको विजारोपण हुन नदिने गरी अभिव्यक्ति दिन आग्रह समेत गरिएको छ ।

Facebook Comments

सम्बन्धित

One thought on “हलेसी नगरपालिकको नाममा विवाद नगरौ

  1. Bhupendra Rai

    पुर्वको पशुपतिनाथ नामाकरन गर्ने सर्बमान्य आधार देखिन्न तसर्थ हामी समस्त हलेसी अनि खोटाङ बासिको आस्था, जनभावना, पहिचान्, इतिहासलाई धुलोमा लेखियसरि नामेट हुने गरी नगरपालिकाको नामाकरन नगरोउ ।

Leave a Comment