प्रअले मागे माफी

otएविसि खबर
मोरङ । सरकारले तोकेको सार्वजनिक विदा नदिँदा मोरङ मधुमल्लको एक प्रधानध्यापकले लिखित माफी माग्नु परेको छ । मधुमल्ला गाविस ४ खाँमेझोडा स्थित बक्राहा माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलप्रसाद पाण्डे तामाङ ल्हाछारको अवसरमा जर्वजस्ती विद्यालय संचालन गरेको भन्दै ब्यापक विरोध भएपछि उनले माफी मागेका हुन् ।

प्रधानाध्यापक पाण्डे नेपाल सरकाराले घोषणा गरेको तामाङ जातिको राष्ट्रिय पर्व सोनाम ल्होछारको दिन जर्बजस्त विद्यालय सञ्चालन गरेको भन्दै स्थानीय नेपाल तामाङ घेदुङका कार्यकर्ताहरुले विरोध जनाएका थिए । उनीहरुले बिद्यालय सञ्चालन नगर्न आग्रह गर्दा समेत नटेरेको भन्दै जिल्ला शिक्षा कार्यालय सम्म पुग्ने भनेपछि उनले लिखित माफी मागेको जनाईएको छ ।

dd‘दशैंमा १५ दिन बिदा दिइन्छ, हाम्रो पर्वमा एकदिन बिदा दिइएको छ, त्यसो नगर्नुहोस’ भन्दा समेत नमानेको भन्दै घेदुङले ब्यापक दबाब दिएकाले जागीर जोगाउनकै लागि भएपनि १९ फागुनमा प्रेस विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् । पाण्डेले मौखिक रुपमा समेत सबैसँग आफुबाट कमजोरी भएको भन्दै माफी मागेका थिए ।

Facebook Comments

Related posts

Leave a Comment