बाँदर धपाउन भरेको बन्दुकले बच्चा मारयो
एविसि खबर
खोटाङ । खोटाङको नुनथला– ६ खाम्लामा बाँदर धपाउन भरेर राखेको बन्दुक बच्चाले खेलाउने क्रममा पडकेर तीनवर्षि कौशल राईको घटना स्थलमै मृत्यु भएको छ । स्थानीग गंगाराम राईको घरमा बाँदर धपाउनकालागि भरेर राखेको बन्दुक बच्चाहरुले हिरो र गुण्डा खेल्ने भन्दै खेलाउँदा पड्केर छिमेकी तेजबहादुर राईको छोरा कौशलको मृत्यु भएको हो ।
गंगारामको छोरा सातविर्षय राविन राईले भान्साकोठामा बन्दुक निकालेर जिस्कने क्रममा एक्कासी पड्कीदा बच्चालाई लागेको स्थानीयले बताएका छन् । भने रविनका भाइ भने शौचालय गएका कारण जोगिएका थिए । कौशल राइको फागुन १४ गते गोलि लागि मृत्यु भएको हो । उक्त घटनामा गङ्गाराम राइको सात वर्सिय छोरा रबिनको आँखामा समेत चोट लागेको छ ।
घटना पछि प्रहरीले अनुसन्धानका लागि गंगाराम राई र उनको बुवाले नियन्त्रणमा लिएको छ । उनीहरुसँग विना लाइसेन्सको बन्दुक राखेकाले अवैध हातहतियार खर खजना ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
तस्विर सभार : नाकारा फेसबुक वालबाट